अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त, अरु सबै मन्त्री सुरक्षित, रक्षा मन्त्रीबाट हटे ईश्वर पोखरेल

अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त, अरु सबै मन्त्री सुरक्षित, रक्षा मन्त्रीबाट हटे ईश्वर पोखरेल

  • बुधबार, अशोज २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 17.3K
    SHARES

असोज २८ काठमाण्डौं । नेकपाको मन्त्रीमण्डल हेरफेरको निर्णय कार्यन्वयनमा शुरु भएको छ । प्रधानमन्त्रीको सिफारीसमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा रिक्त मन्त्रालयमा पदपूर्तिसहित केही मन्त्रालयको नेतृत्वमा सामान्य हेरफेर गरेकी छन् ।
युवराज खतिवडाको विदाई पछि रिक्त रहेको अर्थमन्त्रालयको जिम्मेवारी पार्टी महासचिव विष्णु पौडेलले पाएका छन । त्यस्तै रक्षामन्त्रीबाट ईश्वर पोखरेललाई हटाएर मन्त्रीपरिषद्को कार्यलयमा सारिएको छ । रक्षा मन्त्रालयको जिम्मेवारी स्वयं प्रधानमन्त्रीले सम्हाल्ने छन् ।
यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा पार्वत गुरुङ, शहरी विकासमन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा लीलानाथ श्रेष्ठ नियुक्त हुनुभएको छ । पौडेल, कृष्णगोपाल र लीलानाथ वर्तमान सरकारमा नयाँ प्रवेशी हुन् । अन्य मन्त्रीहरुको जिम्मेवारी यथावत राखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ