प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य सानु शिवा पहाडीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । “हाम्रो पार्टी नेकपाका तर्फबाट प्रतिनिधिसभा सदस्य, संस्कृतिकर्मी पहाडीको असामयिक निधन भएकोमा दुःख लागेको छ”, सामाजिक सञ्जाल ट्वीटरमा उहाँले भन्नुभएको छ, “उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।”
यसै गरी पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले पनि पहाडीको निधनप्रति शोक व्यक्त गर्नु भएको छ ।
पहाडीको निष्ठा र योगदानप्रति नेपालको कम्युनिष्ट आन्दोलन र मुलुक अनुगृहीत भएको पूर्वप्रधानमन्त्री नेपालले प्रेस विज्ञप्तिमा जनाउनुभएको छ ।
सांसद पहाडीले नेपाली समाजको रुपान्तरण र नेपालको कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याउनुभएको थियो । लामो समयदेखि मिर्गौला र मुटुको समस्याबाट पीडित उहाँको आज उपचारका क्रममा काठमाडौंंँ मेडिकल कलेजमा निधन भएको हो । उहाँ २०७४ सालमा भएको निर्वाचनमा समानुपातिकतर्फबाट नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०बाट सङ्घीय संसद्को प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो ।
लामो समयदेखि मिर्गौला र मुटुको समस्याबाट पीडित उहाँको आज उपचारका क्रममा काठमाडौं मेडिकल कलेजमा निधन भएको हो । उहाँ २०७४ सालमा भएको निर्वाचनमा समानुपातिकतर्फ नेपाल कम्युनिष्ट पार्टी९नेकपा०बाट सङ्घीय संसद्मा निर्वाचित हुनुभएको थियो ।