आज पनि वामदेव बिरुद्ध परेको मुद्धा स्थगित, अब दशैं पछि मात्रै हुने संभावना

आज पनि वामदेव बिरुद्ध परेको मुद्धा स्थगित, अब दशैं पछि मात्रै हुने संभावना

  • बुधबार, अशोज २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

असोज २८ काठमाडौँ । प्रतिनिधि सभामा पराजीत भए पनि राष्ट्रिय सभामा मनोनित भएका नेकपा उपाध्यक्ष वामदेव गौतमको योग्यतामाथि प्रश्न उठाउदै परेको रिटमा सर्वोच्चले आज पनि फैसला गर्न सकेन ।
न्यायाधीशहरुको गणपूरक संख्या नपुगेकाले बुधबार पनि संवैधानिक इजलास स्थगित भएको छ । जसका कारण अब गौतम बिरुद्धको मुद्धा दशैं अघि हुने संभावना टरेको देखिएको छ । संवैधानिक ईजलाशले फैसला गर्ने यस अघि नै आदेश भईसकेको छ । उनको मनोनयनलाई यथास्थितिमा राखेर थप संवैधानिन जिम्मेवारी नदिन सर्वोच्चले अन्तरीम आदेश यस अघि नै दिईसकेको छ ।
यसै आदेशका कारण गौतम तत्काल कुनै मन्त्री वन्ने संभावना टरेको छ ।
पर्सी शुक्रबार एक दिन समय बाँकी रहे पनि धेरै न्यायधीशहरु कोरोना संक्रमणका कारण होम आईसोलेसन र क्वारेन्टीनमा रहेकाले शुक्रबार फैसला हुने संभावना समेत कम रहेको बताईएको छ ।
घटस्थापनापछि देशभरका अदालतहरु विदा हुने गर्दछ । बन्दी प्रत्यक्षीकरण बाहेकका सबै मुद्धा फैसला दशैं पछि मात्रै हुने छ । वरिष्ठ अधिवक्ता निदेश त्रिपाठीले गौतमको नियुक्तिलाई लिएर सर्वोच्चमा रिट दायर गरेका थिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ