राष्ट्र संघ मानव अधिकार परिषदको सदस्यमा नेपाल पुनः निर्वाचित

राष्ट्र संघ मानव अधिकार परिषदको सदस्यमा नेपाल पुनः निर्वाचित

  • बुधबार, अशोज २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं, असोज २८ । नेपाल संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदको सदस्यमा फेरि निर्वाचित भएको छ ।

नेपाल मंगलबार राति राष्ट्र संघ मुख्यालयमा भएको मतदानमा नेपाल एशिया क्षेत्रबाट अर्को कार्यकालका लागि फेरि निर्वाचित भएको परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले जनाएका छन् ।
यसअघि सन् २०१८ देखि मानव अधिकार परिषदको सदस्य रहँदै आएको नेपाललाई अरु दुई वर्ष सोही भूमिकामा रहेर काम गर्ने मौका मिलेको हो ।

गएराति भएको मतदानमा नेपालले १५० भोट प्राप्त गर्‍यो । अब सन् २०२३ सम्म नेपाल यसको सदस्य रहने छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ