असोज २७ काठमाण्डौं । आईतबार अप्रत्यासित रुपमा आफ्नै पार्टी भित्र ओली पक्ष, माधव नेपाल पक्ष र पचण्ड पक्षका समेत गरी १८ जना सांसदले कर्णाली प्रदेश प्रमुख महेन्द्र बहादुर शाही बिरुद्ध दर्ता गरेको अविस्वास प्रस्ताव आफैमा धरापमा परेको छ ।
उक्त प्रस्ताव आज मुख्य मन्त्रीबाट शाहीलाई हटाउने गरी ओली पक्षीय नेता याम लाल कँडेलको नेतृत्वमा हस्ताक्षर संकलन भएको थियो ।
तर माधव नेपाल पक्षका सात जना सांसदले अविस्वास प्रस्तावको हस्ताक्षर फिर्ता लिने र पूर्व माओवादी पक्षका तीन जनाले पनि फिर्ता लिने भए पछि मुख्य मन्त्री शाहीको गुम्न लागेको पद सुरक्षित भएको छ ।
उनलाई आज बर्खास्त गरे पछि कँडेल मुख्य मन्त्री हुने दाउमा थिए, तर अब उनको दाउ असफल भएको छ, एक सांसदले भने ।
माधव नेपाल पक्षका सांसदहरु आज बैठकमै उपस्थित भएनन् , बरु आफै बिरुद्ध हस्ताक्षर गर्ने नेपाल पक्षका सांसद कुर्म बहादुर शाहीलाई मुख्य मन्त्री शाहीले सचेतक बनाएका छन् ।
माधव नेपाल पक्षले साथ छाडे पछि एक्लिएको ओली पक्षले आफ्नो पक्षका बीचमा छलफल गरेको थियो ।
यसले पार्टी भित्र समेत तरंग पैदा भएको थियो । यो समस्या समाधान गर्न अध्यक्ष प्रचण्ड र केपी शर्मा ओलीले प्रदेश ईन्चार्ज जनार्दन शर्मा, मुख्य मन्त्री शाही , कँडेल सहितका नेतालाई काठमाण्डौमा छलफलका लागि बोलाएका छन् ।