नेकपा र काँग्रेसबाट जनताको माग पूरा हुँदैनः भट्टराई

नेकपा र काँग्रेसबाट जनताको माग पूरा हुँदैनः भट्टराई

  • मङ्लबार, अशोज २७, २०७७
  • दिपक चौरसिया

  • 10.5K
    SHARES

वीरगंज २७ असोज । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्र्टीका बरिष्ठ नेता बाबुराम भट्टराईले राज्यले उत्पीडनमा पारेका जनजाति, दलित, मधेसीलगायतका समुदायलाई मूल प्रवाहमा नल्याएसम्म देशमा दिगो शान्ति कायम हुन नसक्ने दाबी गर्नु भयो ।
पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिका वडा नं। ३ मा आयोजित बृहत पार्टी प्रवेश तथा नेपालीहरुको महान चाड दशै, तिहार, छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रमका प्रमुख अतिथि डा. भट्टराईले नेपाली काङ्ग्रेस र नेकपाबाट जनताको परिवर्तनको माग पूरा नहुने भन्दै जनताको माग सम्बोधन हुनको लागि जनता समाजवादी पार्टी आवश्यक भएको जिकिर गरे । उहाँले जसपाले उत्पीडित, वञ्चित समुदायको पक्षमा आवाज बुलन्द गर्ने र सडक, सदनबाट हक सुनिश्चित गराएरै छाड्ने दाबी गर्दै वर्तमान सरकार एकल जातीय राज्य कायम गर्न लागेको दोषारोपण गर्नु भयो ।
पुरानो संसदीय व्यवस्थाको कारण देशमा भ्रष्टाचार मौलाएको आरोप लगाउदै डा. भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदीय व्यवस्था नहुन्जेलसम्म देशमा स्थिर राजनीति कायम हुन नसक्ने दाबी गर्नु भयो ।
जसपाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले आफ्नो पार्टीले सबै प्रकारका विभेद अन्त्य गर्न चाहेको र त्यसको लागि सधैं सङ्घर्ष गरिरहने बताउनु भयो । मूल प्रवाहमा पछाडि परेका समुदाय अगाडि नआएसम्म देशमा परिवर्तन नआउने बताउदै उनले देशमा राजनीतिक परिवर्तन भएपनि नेकपा र नेकाको सोचमा परिवर्तन नभएको कारण जनताको जीवनस्तरमा परिवर्तन हुन नसकेको आरोप लगाउनु भयो ।
पकहामैनपुर गाउँपालिकाका प्रमुख बिजय चौरसियाले स्वागत गर्नु भएको कार्यक्रममा उपेन्द्र यादव, भोला प्रसाद कानु, सुदर्शन राम लगायतको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी करिब ११ सयको हाराहारीमा नेता कार्यकर्ताहरु जसपामा प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई पार्टीको बरिष्ठ नेताहरुले अबिरको टिका र फुलमाला लगाई स्वागत गर्नु भएको थियो ।
जसपा पकहामैनपुरका अध्यक्ष बिनोद मेहताको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश नं। २ को मुख्यमन्त्री लालबाबु राउत, नेता राजेन्द्र श्रेष्ठ, पर्सा क्षेत्र नं। १ का सांसद प्रदीप यादव, क्षेत्र नं। ३ का निलम्बित सांसद हरिनारायण रौनियार, प्रदेशसभा सदस्य प्रह्लाद गिरी, भीमा यादव, करीमा बेगम, जिल्ला अध्यक्ष रामनरेश यादव, नेताहरू निजामुदिन समानी, वीरेन्द्र यादव, सुन्दर कुर्मी, तबरेज अहमद, मुकेश द्विवेदी लगायतका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ