काठमाण्डौं उपत्यकामा फेरी लकडाउन गर्न र नाका सिल गर्न सांसदहरुको माग

काठमाण्डौं उपत्यकामा फेरी लकडाउन गर्न र नाका सिल गर्न सांसदहरुको माग

  • मङ्लबार, अशोज २७, २०७७
  • मिर्मिरे अनलाइन

  • 21.4K
    SHARES

असोज २७ काठमाण्डौं । दिन दिनै काठमाण्डौं उपत्यकामा कोरोना संक्रमित तीव्र मात्रामा बढ्दै गए पछि फेरी पनि लकडाउन र नाकामा कडाई गर्न माग शुरु भएको छ ।
संसदको शिक्षा तथा स्वास्थ्य समितिका सांसदहरुले काठमाण्डौबाट कोरोना लिएर मानिसहरु गाँउ गाँउ पुग्न सक्ने भन्दै लकडाउन र नाकामा कडाई गर्न माग गरेका हुन् ।
समितिको भर्चुअल छलफलमा सांसद जीवनराम श्रेष्ठले दुई तिन हप्ता चाडवाडको अवसरमा मान्छेहरु आउजाउ गर्ने कुरा नियन्त्रण नगरे स्थिति झन भयावह हुने बताए ।
काठमाण्डौंबाट गाँउ गाँउ गएर कोरोना फैलदा देशले थेग्न नसक्ने उनको धारणा थियो ।
त्यस्तै काँग्रेस सांसद उमेश श्रेष्ठले २० देखि २५ दिन उपत्यकामा कडा लकडाउन गर्न माग गरे ।
सांसद विद्या भट्टराईले स्वास्थ्य मापदण्ड विपरीत राजनीतिक दलहरुले ठूला ठूला कार्यक्रमहरु गरीरहेको भन्दै मापदण्डको पालना गर्नु पर्ने बताईन् ।
समितिकी सभापति जयपुरी घर्तीले स्थानीय सरकारहरुले स्वास्थ्य ऐनको बाधाका कारण स्वास्थ्य सामाग्री खरीदमा समस्या भएको भन्दै अध्यादेश ल्याएर भए पनि सहज बाताबरण बनाउनु पर्ने बताईन् ।
सांसद नमिता चौधरीले कोरोना नियन्त्रण गर्ने क्षमता नबढेकोमा चिन्ता व्यक्त गरिन् ।
स्वास्थ्य मन्त्रालयका विज्ञ डा. रोसन पोखरेलले उपत्यकामा कम्तीमा २८ दिन सम्म अहिलेकै जस्तो संक्रमण बढीरहने अनुमान गरिएको भन्दै यो संक्रमण गाँउ गाँउमा पुगे भयावह हुने चेतावनी दिए ।
अहिले देशभर संक्रमितको संख्या एक लाख ११ हजार भन्दा बढी छ । त्यस मध्य आधा जति काठमाण्डौं उपत्यकामै रहेका छन । राजधानी जस्तो ठाँउमा समेत संक्रमितहरुले आईसियु, भेन्टिलेटर र आईसोलेसन बेड पाईरहेका छैनन् । जसले गर्दा संक्रमण र मृत्यु बढ्न सक्ने चिन्ता बढेको छ ।
अझ जाडो मौसम आउन लागेको र अब कोरोनासगँ मिल्दो लक्षण ज्वरो, रुघाखोकी, निमोनिया जस्ता समस्या बढी देखिने भएकाले उपचारमा गंभीर समस्या उत्पन्न हुन सक्ने चेतावनी दिईदै आएको छ । नेपालमा कोरोनाका कारण हाल सम्म ६४५ जनाको मृत्यु भईसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ