असोज २६ सुर्खेत । कर्णाली प्रदेशका नेकपा संसदीय दलका नेता एवं मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले प्रमुख सचेतक गुलावजंग शाहलाई प्रमुख सचेतकबाट पदमुक्त गरेका छन् । उनको स्थानमा सचेतक सीता नेपालीलाई नियुक्त गरिएको छ ।
दलका नेताको हैसियतले मुख्यमन्त्री शाहीले आइतबार संसदीय दलको विधानको धारा ७ अनुसार शाहलाई पदमुक्त गरेको जनाएका छन् । ‘कामकारबाही सन्तोषजनक नभएकाले’ जिम्मेवारीमुक्त गरिएको शाहलाई दिइएको पत्रमा उल्लेख छ ।
आइतबार १८ जना सांसदले संसदीय दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव बुझाएपछि शाहले मंगलबार १ बजेको लागि बैठक बोलाएका थिए ।
पूर्व माओवादी समुहबाट मुख्य मन्त्री शाही बिरुद्ध पूर्व एमाले समुहले अविस्वासको प्रस्ताव दर्ता गरे पछि नेकपा भित्र खैला बैला मच्चिएको छ । अविस्वासको प्रस्तावको प्रतिकृया स्वरुप शाहीले उक्त कदम चालेका हुन् ।