कर्णालीमा भएको के हो ? प्रचण्डले ओलीलाई सोधे

कर्णालीमा भएको के हो ? प्रचण्डले ओलीलाई सोधे

  • सोमवार, अशोज २६, २०७७
  • मिर्मिरे अनलाइन

  • 17.7K
    SHARES

असोज २६ काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री पूर्व माओवादी समुहका महेन्द्र बहादुर शाहीविरुद्ध पूर्व एमाले समुहले अविस्वासको प्रस्ताव दर्ता भएपछि उत्पन्न तरंगका बीच आज अध्यक्ष प्रचण्ड र केपी ओलीबीच छलफल भएको छ । वालुवाटारमा भएको छलफलमा प्रचण्डले प्रधानमन्त्री ओलीलाई यो अविस्वास प्रस्तावको वास्तविकता के हो ? भनेर सोधेको स्रोतको दाबी छ ।
ओलीले अविस्वासको प्रस्ताव आफ्नो स्वीकृतिमै दर्ता भएको स्वीकारेको बुझिएको छ ।
प्रचण्डले कर्णाली प्रदेशमा चालिएको यो कदमले राम्रो परिणाम नदिने भन्दै समग्रमा पार्टीमा छलफल हुनु पर्ने सुझाव दिएका थिए ।या त मुख्य मन्त्री फेर्ने हो भने सल्लाह गरेर सबै तिर फेरौँ , एउटालाई हटाउने अर्कोलाई राख्ने राम्रो हुदैन , प्रचण्डले ओलीसँग भनेका छन् ।

छलफलमा थप कुनै बिषयमा सहमति भने नभएको बताईएको छ । नेकपा भित्र लामो समयदेखि चलेको विवादका बीच समाधान भएको भनिए पनि कर्णालीमा आफ्नै पार्टीका मुख्य मन्त्री बिरुद्ध अरु सांसदले अविस्वासको प्रस्ताव दर्ता गरे पछि विवाद पुनः नयाँ दिशामा मोडिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ