असोज २६ काठमाण्डौं । नेकपा भित्र लामो समय चलेको विवादको अन्त्य भएको भनिए पनि पुनः नयाँ शिराबाट यो विवाद देखा परेको छ । यो विवादको प्रभाव कर्णालीबाट देखा परेको हो ।
केन्द्रमा मन्त्रीमण्डल हेरफेरको निर्णय र तयारी चल्दै गर्दा पूर्व एमाले र खास गरी ओली पक्षीय प्रदेश सभा सदस्यहरु, र पूर्व माओवादी भित्र राम बहादुर थापा बादल पक्षका एकाध सांसदले पूर्व माओवादी समुहका मुख्य मन्त्री रहेका महेन्द्र बहादुर शाही बिरुद्ध अविस्वासको प्रस्ताव दर्ता गरे पछि नयाँ तरंग देखा परेको हो ।
यो प्रस्तावप्रति सबै भन्दा बढी शंसकित प्रचण्ड बनेको स्रोतले बताएको छ ।
यसलाई षड्यन्त्रको रुपमा पचण्ड वृतमा व्याख्या चलेको बुझिएको छ ।
यही विषयलाई लिएर आजै प्रचण्डले बालुवाटारमा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर छलफल गर्ने योजना रहेको बुझिएको छ ।
पूर्व एमाले र माओवादीबीच पार्टी एकता भए पछि अब बाँकी सांगठनिक एकता पूरा गर्ने जस्ता विषयमा केन्दमा निर्णय भए पनि पदेशमा देखा परेको पार्टी भित्रकै प्रतिपक्षीको भूमिकाले नेकपा भित्रको विवादले नयाँ मोड लिने संकेत दिएको छ ।
पार्टी भित्रैबाट पार्टीकै मुख्य मन्त्री विरुद्ध अविस्वासको प्रस्ताव दर्ता गरेको यो घटना पहिलो हो । यो प्रदेशका १८ प्रदेशसभा सदस्यले प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आइतबार अविश्वास प्रस्ताव दर्ता गरे ।
नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० कर्णाली प्रदेशका सहइन्चार्ज हुन् यमलाल कँडेल । उनी पूर्व एमालेका नेता हुन् । उनै कँडेलको नेतृत्वमा अविश्वास प्रस्ताव दर्ता गरिएको हो । अविश्वास प्रस्ताव दर्ता गर्नुअघि कँडेलले आइतबार बिहान केही प्रदेशसभा सदस्यहरुलाई जरुरी काम भन्दै घरमा बोलाएका थिए । घरमा बोलाएर शुरुमा खाजा खुवाएर पछि हस्ताक्षर गराईएको एक सांसदले दाबी गरे ।
कँडेलले वालुवाटारको ग्रिन सिग्नल आएको भन्दै अब आफूहरुको दिन आएको ब्रिफिगं समेत गरेका थिए ।
नेकपाले देशभर ६ वटा प्रदेश सरकारको नेतृत्व गरीरहेको छ । जस मध्य पूर्व माओवादीको नेतृत्वमा कर्णाली र सुदुर पश्चिम प्रदेश रहेका छन् भने बाँकीमा पूर्व एमालेको नेतृत्व । कर्णालीमा सरकार फेरबदल भए त्यसले प्रदेश ५, १, ३ र ४ मा समेत प्रभाव पर्ने अनुमान शुरु भएको छ ।