कर्मचारीमा काेराेना देखिएपछि दुधाैली, कमलामाई र गोलन्जोरमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द

कर्मचारीमा काेराेना देखिएपछि दुधाैली, कमलामाई र गोलन्जोरमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द

  • आइतवार, अशोज २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

सिन्धुली, २५ असाेज ।  जनप्रतिनिधि, कर्मचारी र स्थानीयमा कोरोना भाइरस भेटिएपछि सिन्धुलीका कमलामाई नगरपालिका, दुधौली नगरपालिका र गोलन्जोर गाउँपालिकाका अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ।

तीनवटै स्थानीय तहले सूचना जारी गर्दै नगर र गाउँपालिका मातहतका सबै कार्यालयमा आइतबारबाट अत्यावश्यक बाहेकका सम्पूर्ण कार्य बन्दगर्ने निर्णय गरेका हुन् । कमलामाई नगरपालिका ८ का वडा अध्यक्ष टिकाबहादुर मोक्तान, प्रमुख प्रशासकिय अधिकृत विशकसेन ढकाल समेतलाई कोरोना संक्रमण भएपछि कात्तिक ३ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले बताए ।

यस्तै बिहीबार दुधौली नगरपालिकामा रहेको सेन्चुरी बैंकका ५ जना कर्मचारी र क्वारेन्टाइनमा रहेका एकजना व्यक्तिमा कोरोना संक्रमण देखिएपछि नगरपालीकाभित्र रहेका सबै कार्यालय, संघसंस्था तथा वित्तिय संस्था लगायतका सेवाहरु बन्द गरिएको छ । नगरपालिका र सो मातहत रहेका सबै कार्यालयको सेवा कार्तिक १ गतेसम्मका लागि बन्द गरिएको दुधाैलीका मेयर घनश्याम राउतले बताए ।

नगरपालिकामा चल्ने यातायातलाई भने मापदण्ड पालना गरि संचालन गर्न र व्यापारीहरुलाई स्वास्थ्य सुरक्षा अपनाउन भनिएको छ । यस्तै सिन्धुलीकै गोलन्जोर गाउँपालिकाले पनि आफ्ना केही कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको भन्दै आइतबारबाट लागु हुनेगरी अर्को सूचना नभएसम्मका लागि सम्पूर्ण सेवा बन्द गरेको जनाएको छ ।

कन्ट्याकट ट्रेसिङका आधारमा स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पाठउने तयारी भएकाले रिपोर्ट नआउँदासम्मका लागि पालिका र मातहतका सम्पूर्ण कार्यालयका सेवा बन्द गरीएको प्रमुख प्रशासकिय अधिकृत अर्जुन दर्जीले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ