कोरोना जीत्नेको संख्या ७०.४ प्रतिशत

कोरोना जीत्नेको संख्या ७०.४ प्रतिशत

  • आइतवार, अशोज २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

असोज २५ काठमाण्डौं । नेपालमा कोरोना संक्रमित बढीरहे पनि उपचार तथा व्यवस्थापनको अभाव शुरु भएसगैँ निको हुनेको संख्यामा कमी आईरहेको छ ।
यस अघि ७३ प्रतिशत सम्म संक्रमित निको भएकामा अहिले घटेर ७०.४ प्रतिशतमा झरेको छ ।
नेपालमा आज १५५२ जना कोरोना संक्रमण मुक्त भएका छन् । अहिले सम्म कोरोना जीत्नेको कुल संख्या ७५ हजार ८०४ पुगेको छ । पाकिस्तान, भारत लगायत अन्य छिमेकी मुलुकमा नेपालमा भन्दा निकै माथि संक्रमित मुक्त भएको देखिन्छ ।
यसै गरी चितवनमा ३ जना, रुपन्देहीमा ३ जना, सुनसरीमा २, सिन्धुपालचोकमा १ जना, धनकुटामा एक जना, नुवाकोट, मकवानपुर र सर्लाहीमा एक एक जना रहेका छन् ।
यो सगैँ कोरोनाका कारण मृत्यु हुनेको संख्या ६३६ पुगेको छ । यो भनेको कुल संक्रमित मध्य ०.५९ प्रतिशत रहेको छ । अझै भेन्टिलेटरमा देशभर ७६ जनाको उपचार चलिरहेको छ भने आईसीयुमा ३२९ जनाको उपचार भईरहेको छ ।
नेपालमा संक्रमितको संख्या एक लाख ७ हजार ७५५ पुगेको छ । यस मध्य अब ३१३१५ सक्रिय संक्रमित रहेका छन् । कोरोनाबाट हाल सम्म ६३६ जनाको मृत्यु भईसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ