असोज २५ काठमाण्डौं । नेपालमा दिन दिनै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा मात्रै २२ जनाले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस मध्य उपत्यकाका ७ जना रहेका छन् । त्यस मध्य कमाठमाण्डौमा ४, ललितपुरमा १, भक्तपुरमा दुई जना रहेका छन् ।
यसै गरी चितवनमा ३ जना, रुपन्देहीमा ३ जना, सुनसरीमा २, सिन्धुपालचोकमा १ जना, धनकुटामा एक जना, नुवाकोट, मकवानपुर र सर्लाहीमा एक एक जना रहेका छन् ।
यो सगैँ कोरोनाका कारण मृत्यु हुनेको संख्या ६३६ पुगेको छ । यो भनेको कुल संक्रमित मध्य ०.५९ प्रतिशत रहेको छ ।
अझै भेन्टिलेटरमा देशभर ७६ जनाको उपचार चलिरहेको छ भने आईसीयुमा ३२९ जनाको उपचार भईरहेको छ ।
नेपालमा आज मात्रै २०७१ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १२,४२७ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ देशभर संक्रमितको संख्या एक लाख ७ हजार ७५५ पुगेको छ ।
यस मध्य अब ३१३१५ सक्रिय संक्रमित रहेका छन् । जस मध्य जना संस्थागत आईसोलेसनमा १३६४९ रहेका छन् । होम आईसोलेसनमा १६६६१ जना रहेका छन् । आज १५५२ कोरोनामुक्त भएर जना डिस्चार्ज भएका छन् । यो सगैँ डिस्चार्ज हुनेको कुल संख्या ७५८०४ पुगेको छ ।