काठमाडौँ , २४ असोज ।
पछिल्लो २४ घण्टामा देशभरबाट १४ जना कोरोना संक्रमितको निधन भएको छ । शनिबार २ महिला र १२ पुरुष गरी १४ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आज मृत्यु हुनेहरुमा सुनसरीका ४५ वर्षीया , मोरंगका २० , ७२ वर्षीया दुइ पुरुष , सर्लाहीका ७१ वर्षीया पुरुष , मकवानपुरका ७७ वर्षीया पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
यस्तै धादिंगका ३१ वर्षीया महिला , रुपन्देहीका ५७ वर्षीया पुरुष , नवलपरासीपूर्वका ३६ वर्षीया पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो ।
आज काठमाडौँ उपत्यकामा काठमाडौँकी ६८ वर्षीया महिला , काठमाडौँका ४८ , ९० वर्षीया दुइ पुरुष , भक्तपुरका ६८ वर्षीया पुरुष , ललितपुरका ४३ , ४९ वर्षीया दुइ पुरुषको पनि कोरोना संक्रमणबाट निधन भएको हो ।
यस्तै कुल कोरोना संक्रमित मध्य ०.५८ प्रतिशत अर्थात ६ सय १४ जना कोरोना संक्रमितको निधन भइसकेको छ ।
हाल भेन्टिलेटरमा ७७ जना र आइसीयुमा ३ सय २१ जना उपचाररत छन् ।