नेपालमा एकैदिन अहिलेसम्मकै धेरै ५ हजार ८ जना काेराेना संक्रमित थपिए

नेपालमा एकैदिन अहिलेसम्मकै धेरै ५ हजार ८ जना काेराेना संक्रमित थपिए

  • शनिबार, अशोज २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 23.4K
    SHARES

काठमाडाैं, २४ असाेज । नेपालमा एकैदिन अहिलेसम्म धेरै काेराेना संक्रमित थपिएका छन् । पछिल्लाे २४ घण्टामा ५ हजार ८ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म सक्रिय संक्रमितकाे संख्या ३० हजार ८ सय १८ जना छन् भने संस्थागत आइसाेलेसनमा रहेकाकाे संख्या १३ हजार ६ सय ५४ रहेका छन् ।

शनिबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको जानकारी दिएका छन् ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १२ सय २९ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या ७४ हजार २५२ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय १४ पुगेको छ । मृत्यु हुने अधिकांश दिर्घ राेगी र अन्य राेगका बिरामी रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ