डिजिटल मुद्रा प्रणाली अपनाऔँ जसले भ्रष्टाचारको अन्त्य गर्छ

डिजिटल मुद्रा प्रणाली अपनाऔँ जसले भ्रष्टाचारको अन्त्य गर्छ

  • शनिबार, अशोज २४, २०७७
  • -भरत रिमाल

  • 22.9K
    SHARES

मौद्रिक नीति भित्रको महत्वपूर्ण पक्ष हो विनिमय व्यवस्थापन प्रणाली। विनिमय व्यबस्थापन सँगै जोडिएर आउने भनेको बैंकिड। प्रणाली र मुद्रा व्यबस्थापन हुन। यहाँ मुद्रा व्याबस्थापन र यसले राज्यलाई पार्ने प्रभाव साथै मुद्रा व्याबस्थापनमा प्रविधिको प्रयोग गरी राज्यलाई आर्थिक तन्दुरुस्ती कसरी राख्न सकिन्छ भन्ने बिष्लेषण गरिएको छ।
नेपालमा अहिले प्रचलन आएका मुद्राको विकल्प खोज्न अत्यन्त जरुरी, आज भन्दा करिब ३ हजार वर्ष पहिले चीनले शुरू गरेको विनिमय मध्ययम भौतिक मुद्रा आज सम्म पनि प्रयोग गरिरहेका छौं। विश्वले हजार वर्षमा धेरै संरचना, सिद्धान्त, सत्ता र सामाजिक स्वरूप सहित सभ्यता र संस्कृति बै परिवर्तन भए तर भौतिक मुद्राको विकल्प सोचिएको पनि छैन। त्यो ऐतिहासिक समयमा वस्तु सँग वस्तु साटेर जीवन यापन गर्दै गर्दा मुद्रा प्रचलनमा आउनु ठूलो क्रान्ति थियो, तर अहिले मुद्राको विकल्प खोज्नै पर्ने बेला आएको छ। भौतिक मुद्रा प्रचलन हुँदा टाठाबाठा वर्गले मुद्रा सम्पतिसंचित गर्ने उद्धेश्यले अवैध तरिकाले अत्याधिक मुद्रा भण्डारण गर्ने र राज्यको श्रोत र साधन बन्धक बनाएर बस्ने हुनाले भ्रष्ट्राचार मौलाउने र आर्थिक बेथिति विकास भई सम्मुनत समाज निर्माणमा अवरोध पुगिरहेको छ। अवैध सम्पति र अकुत आर्जनलाई छिपाउन मुद्रा प्रयोग हुने हुनाले आर्थिक समृद्धि हाम्रो पहुँचमा हुन सकेको छैन। अबको समय भनेको डिजिटल प्रविधिको हो। यथेष्ट सुरक्षा प्रणाली अपनाएर भौतिक मुद्राको अन्त्य गरी डिजिटल मुद्रा विकास गर्नु पर्दछ। डिजिटलमुद्राकोबहाव र सञ्चितिको सजिलै अनुगमन हुने हुँदा अवैध आर्थिक कारोबार, अपराधमा आर्थिक गतिविधि साथै अकुतसम्पति भण्डारण गरी समाजका गतिविधि नियन्त्रण गर्ने, अनधिकृत पहुँच बनाई आफू अनुकूल राज्यका संयन्त्रलाई गलत ढंगबाट प्रयोग गर्ने र राज्यको दैनिक कार्यसम्पादनमा समेत प्रभाव पार्ने जस्ता गम्भीर अवरोध वर्तमान मौद्रिक प्रणालीमा छ। डिजिटल मुद्रा प्रणाली मार्फत हरेक व्यक्तिलाई राज्यले आधिकारिक मौद्रिक खाता Monitory Account प्रदान गरिनु पर्दछ जसमा व्यक्तिले आफ्नो व्यक्तिगत आय व्यय तथा दैनिक मौद्रिक गतिविधि रेकर्ड हुन्छ जस बाट सो व्यक्तिले कति आम्दानी गर्छ, आर्थिक हैसियत के हो, राज्यलाई कति कर तिर्छ जस्ता सबै विवरण सहजै उपलब्ध हुन्छ र आर्थिक पारदर्शिता व्यवस्थापन भई अवैध आर्थिक गतिविधि नियन्त्रण हुनुको साथै व्यक्तिगत आम्दानी करको दायरामा आउँछ र भ्रष्ट्राचारमासिधैअंकुश लाग्दछ। हरेक व्यवसायीले आफ्नो व्यवसायको मौद्रिक खाता Business Monitory Account हुने हुँदा व्यवसायको खरिद, बिक्री, खर्च तथा आम्दानी सजिलै अनुगमन हुने हुँदा राज्यलाई कर छल्ने प्रवृत्ति पूर्णरुपमा निस्तेज हुन्छ। वैदेशिक रेमिट्यान्स देखि वैदेशिक लगानी समेत अवैधानिक रूपमा भित्राउने र राज्यको आर्थिक प्रणालीमा भन्दा बाहिर रहेर आर्थिक गतिविधि गर्ने भएकोले वर्तमान मौद्रिक प्रणालीले अपराध तथा मौद्रिक अपचलन, तस्करी देखि अवैध आम्दानी गरी लुकाउने र गलत काममा श्रोत र साधनको उपयोग गर्ने, राज्य सत्ता निर्माण गर्न चुनावमा अवैध सम्पति उपयोग गरी गलत प्रवृत्ति र नियत भएका व्यक्तिहरू सत्तामा पुग्ने जस्ता गम्भीर समस्याहरू डिजिटल मुद्रा प्रणालीबाट समाधान गर्न सकिन्छ।
अवैधानिक हुण्डी, ड्राफ्ट र क्यारियर मार्फत वैदेशिक मुद्रा अपचलन गरि अन्तराष्ट्रिय व्यापार तथा आयात निर्यातमा राज्यको संयन्त्र छली कालोबजारी गर्ने र अवैधानिक आय आर्जन गरी उक्त आय बाट आपराधिक कार्य जस्तै अवैधानिक हातहतियार तथा लागू पदार्थ बेच बिखन जस्तो राष्ट्रिय समस्याको मूल जरो पनि भौतिक मुद्रा नै। नक्कली नोटको कारोबार देखि अपहरण गरी फिरौती असुल्ने जस्ता जघन्य अपराधको मुख्य कारण भौतिक मुद्रा नै हो। डिजिटल मुद्रा प्रणाली मा यस्ता सबै प्रकारका मुद्रा अपचलन सम्बन्धी अपराध बाट देशलाई मुक्त गर्न सकिन्छ। आयतकर्ताहरुलेआयतित सामानको न्यून मुल्यअंकित गरी राजश्वर मूल्य अभिवृद्धि कर छली गर्ने अहिले भौतिक कागजी मुद्रा प्रणालीको ठूलो समस्या हो। आयतकर्ताले अवैध हुण्डी मार्फत व्यापारीलाई पैसा पठाउने र थोरै मुल्यको Lc  बनाएर ठूलो मात्रामा सामान विना करवस्तु भित्र्याएर कालाबजारी गरी अकुतसम्पति आर्जन गर्ने र उक्त सम्पत्ति प्रयोग गरी राजनीतिक चलखेल मार्फत राज्यको स्रोत र साधन समेत कब्जा गरी देशलाई आर्थिक रुपमाकम्जोर पार्दै लैजानेप्रवृतिले गर्दा नेपालले आर्थिक गति लिन सकेको छैन। यदि कागजी मुद्रा अन्त्य गरी डिजिटल मुद्राको थालनी गर्ने हो भने व्यक्तिगत र व्यावसायिक मौद्रिक खातामा पैसाको बहाव र वैधानिकता सजिलै नियमन गर्न सकिने हुनाले अवैधानिक तवरले गरिने आयत निर्यात पूर्णरुपले अन्त्य भई राज्यको कानुनी दायरामा आउँछ।

नेपालको खुल्ला सीमानाको कारण हाल कारोबार हुने सामानको ठूलो हिस्सा विना भन्सार अवैध तरिकाले भित्रिने र राज्यले राजश्व गुमाउने गरेको छ।डिजिटल मुद्रा प्रणाली लागू गर्ने हो भने हरेक नागरिकको आयव्यय विवरण सम्बन्धित निकायसँग हुनेहुँदा आयकरदेखि राज्यलाई तिर्नुपर्ने सामाजिक कर, सम्पती कर घरबहाल कर स्वतःउसको खाताबाट काटिने हुँदा कर छलीको कुनैसम्भावना नै हुँदैन। यसै गरी व्यवसायिक संस्थान हरुको व्यवसायिक खाता हुने हुँदा उक्त संस्थानले कति मुनाफा आर्जन गर्यो र कुनकुन शीर्षकमा कति कर तिर्ने भन्ने खाता बाट स्वचालितरूपमा हुने हुँदा कुनै प्रकारकाकर छलीको सम्भावना हुँदैन। राजनीतिक भ्रष्ट्राचार पनि जरैबाट उन्मूलन हुनेछ किन भने हरेक व्यक्तिको आयव्यय करको हिसाब किताब प्रणालीबाट नै हुने हुँदा सानो रकमपनि विना वैधानिकश्रोत आउने सम्भावनाहुँदैन।यसरी समग्र आर्थिक सुधार र उन्नतिको लागि कागजी मुद्रालाई अन्त्य गरी डिजिटल मुद्रा प्रणालीमा राज्यलाई लैजाने हो भनेसबै किसिमका अवैधानिक आर्थिक गतिविधि स्वत: नियन्त्रण हुने हुँदा राज्यले आर्थिक गति लिन समय लाग्दैन।

कागजी मुद्रा छपाईमा लाग्ने ठूलो धनराशीलाई डिजिटल प्रणीली विकास र प्रणाली प्रशिक्षणमा खर्च गरी सबै नागरिकलाई डिजिटल प्रणालीमा अभ्यस्त बनाउन सकिन्छ। कागजी मुद्रा छपाई खर्च बार्षिकरुपमाभईरहने र कागजी नोट पुरानो भई प्रतिस्थापन पनि गरिरहनु पर्ने हुनाले राज्यको ठूलो स्रोत कागजी नोट व्याबस्थापनमा लाग्ने गरेको छ। नक्कली नोटको प्रभाव पनि भवावह नै छ। नक्कली नोट छाप्ने छापाखाना नै खडा गरी नक्ली नोटको कारोबार भईरहेका घटना पनि बाहिर आउने गरेका छन्। यसरी नक्कली नोटको कारोबारबाट राज्यले ब्यहोर्ने घाटाको कुनै लेखाजोखा नै छैन। अहिले नेपालले आर्थिक गति लिन नसक्नुको पछाडि भ्रष्ट्राचार र अवैध आर्थिक गतिविधि नै हुन। यसरी राज्यका आर्थिक शत्रु भ्रष्ट्राचार र अवैध आर्थिक गतिविधि नियन्त्रणको लागि डिजिटल मुद्रा अचुक उपाय हुनेछ। राजनीतिक नेतृत्वले भ्रष्ट्राचार गरी अन्य सहयोगी प्रयोग गरी मुद्रा भण्डारण गर्ने र उक्त मुद्रालाई राजनीतिक शक्तिआर्जन गर्नप्रयोग गर्ने देशको मुख्य समस्या नै हो।डिजिटल मुद्रा प्रणालीमा कसको खाताबाट कहाँ पैसा गयो सजिलैअनुगमन हुने हुँदाअरूको पैसा आफ्नो खाताबाट सञ्चालन गर्दा श्रोतको खोजी हुने हुँदाआफ्नो खाताअरूलाई प्रयोग हुन दिने सम्भावना हुँदैन। पर्यटक र विदेशी नागरिकहरुलाई भिसा अवधिभरकोलागि उनीहरूले जम्मा गरेको वैदेशिक मुद्रा बराबरको बचत भएकोअस्थायी एकाउन्ट दिइने हुनाले भिसा अवधि सकिएपछि स्वतःखाता निष्क्रिय हुनेहुँदा अवैध रुपमा नेपाल वसेर अराजक गतिविधि गर्ने सम्भावना शुन्य हुन्छ।नेपालमा भारत र अन्य मुलुकबाट ठूलो संख्यामा अवैध कामदार आएर काम गर्ने र करको प्रणालीमा पनि नहुने हुँदा ठूलो धनराशी विदेशिने र स्थानिय रोजगारी पनि गुम्नेस्थितिको अन्त्य हुन्छ किन कि यो प्रणालीमा Permanant Monitary acount बनाउन नेपालको राष्ट्रिय परिचयपत्र चाहिन्छ र Temporary Monetery Acount बनाउन भिसा वा अन्य अन्य राज्यले मान्यता दिएका परिचयपत्रले उदेश्य अवधिभरको लागि मात्र खाता सक्रिय हुन्छ।खाता निष्क्रिय भएपछि कुनैवस्तु विनिमय बन्द हुने बितिकै अवैध बस्ने सम्भावना हुँदैन। यसरी खाता निष्क्रिय भएपछि वा खातावालले आफ्नो देश फर्किने भएपछि अध्यागमन विभागमा वचत रहेको पैसा नेपालले मान्यता दिएको वैदेशिक मुद्रा जस्तै डलरमा भुक्तान पाउनेछ।
डिजिटल मुद्रा प्रणालीमा सबै भन्दा ठूलो चुनौति भनेको साईबर सुरक्षा चुनौति हो। नोट छपाईमा लाग्ने खर्चको केहि प्रतिशत मात्र खर्च गर्दा यथेष्ट सुरक्षा व्यबस्था गर्न सकिन्छ।अहिलेका युवा वर्गले देशकोआर्थिक बेथितिको अन्त्य
आफ्नो भविष्यको कुनै लेखाजोखा गर्ने स्थिति छैन त्यसैले डिजिटल मुद्रा प्रणाली विकासको लागि सशक्त बहस गरौँ, रस्थापित मान्यता मान्यता बनाऔं।

याे पनि

भ्रष्टाचारको परिभाषा के ?

कहाँ चुके प्रचण्ड ?

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी