भ्रष्टाचार यो समान्य शब्दले विश्व मानव सभ्यतालाई गिज्याई रहेको भान हुन्छ। सुशासनको प्रत्याभूत नहुँदा मौलाउँदै जाने आर्थिक, सामाजिक र नैतिक बेतिथि भ्रष्ट्राचारको उदगम विन्दु हुन् भने असभ्य समाज, अस्तव्यस्त सामाजिक व्यवस्था र सिद्धान्त एवम मार्गहीन जीवन पद्धति यसका असरहरु हुन् जुन नेपाली समाजले वर्तमान अवस्थामा भोगिरहेको छ । भ्रष्टाचार सभ्य समाज निर्माणको सबै भन्दा ठुलो बाधक हो । नेपाली समाजमा सामान्य अवैध आर्थिक लेनदेनलाई भ्रष्टाचारको रुपमा ब्याख्या गरिन्छ भने अन्य र अन्य भ्रष्टाचारका तहहरुलाई न कानुन ले चिन्छ न समाजले चिन्छ । यसरि भ्रष्टाचारलाइ सानो घेरा भित्र खोजिरहने र अन्य बाटोबाट भ्रष्टाचार मौलाएर भ्रष्टाचारको खोजबिन गर्नेहरु नै भ्रष्टाचारको घेरामा परिसकेका हुन्छन । यसर्थ भ्रष्टाचार नियन्त्रण गर्ने हो भने भ्रष्टाचारलाई नयाँ तरिकाले परिभाषित गरि नयाँ प्रणालीबाट नियन्त्रण गरिनु पर्दछ । उच्च उचाइमा पुगेको भ्रष्ट्राचार नियन्त्रण गर्न परालले खोला थुन्न खोजेजस्तो अहिलेको संयन्त्र बाट सम्भव छैन । भ्रष्टाचारको शुरुवात जहिले पनि नैतिक पतन देखि शुरु हुन्छ । जब एउटा पदीय जिम्मेवार व्यक्तिले आफ्नो नैतिकताको दायरा बिर्सन्छ तब सबै प्रकारका भ्रष्टाचारको शुरुवात हुन्छ ।
एउटा बहालवाला मन्त्रीले समाजले नपचाउने अश्लिल शब्दहरु बोल्दै घुस रकमको मोलमोलाई गर्दा पैसा नै लिएको होइन, बार्गेनिंग मात्र हो भनेर उन्मुक्ति दिने राज्यले केलाई भ्रष्टाचार भन्छ ? कुनै अमुक व्यक्ति हरेक पटक हरेक ठाउँमा आर्थिक हिनामिनाको आरोपमा विवादित भइ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुनै पनि सार्वजनिक पद धारण गर्न नमिल्ने गरि कारवाही गरिएको मान्छे शक्तिशाली मन्त्रीको सम्धी नाताले सातौं पटक सम्म संवैधानिक नियुक्ति पाउछ भने यो नियुक्ति दिनेहरुले भ्रष्टाचार गरेको हो कि होइन ? जनमतले दिएको निर्देशनमा चल्ने भनिएको लोकतन्त्रमा जनमतले बहिष्कार गरेको व्यक्तिलाई जसरि पनि सत्तामा ल्याएर जनमतको उपहास गर्नेहरु भ्रषटाचारी हुन् कि होइनन् ? देशको अर्थमन्त्री भइसकेको मान्छे आर्थिक लाभको लागि सहसचिव हैसियतको राजदुत बनेर देशको इज्जत सडकमा विछ्याउने भ्रष्ट्राचारी हुने कि नहुने ? कुनै नेताका परिवारका सामान्य नगरीको भन्दा अन्य कुनै हैसियत नभएका दर्जनौ सदस्यलाई राज्यकोषबाट राजसी सुविधा लिनु भ्रष्टाचार हो कि होइन ? देशको प्रधानमन्त्री जस्तो संस्थाको सल्लाहकारले आम मिडियामा जनतालाई पाखे भन्नु, प्रधानमन्त्रिले उसको बचाऊ गर्नु, एउटा सत्यग्राहीको जनसरोकारको माग सुन्न पनि नभ्याउने गरि शक्ति बांडफांड गर्ने राज्यको करोडौं खर्च गरि हप्तौं मिटिंग गर्नु भ्रष्टाचार हो कि होइन ?
अहिलेका प्रधानमन्त्री केपी ओलीको तेह्रथुम इवामा भएको झुपडी बाट भक्तपुरको बालकोटमा दुइवटा महल कसरी भए भन्ने जनताको प्रश्नमा आफु सार्बजनिक पद धारण गरेको व्यक्ति भएकोले आफ्नो बारे जनताले चासो राख्नु स्वाभाविक भएको भनेर आफ्नो आयव्यय विवरण सार्बजनिक गरि आफुलाई सच्चा र सफा भएको प्रमाणित गर्ने अवसरलाई मैले लगाएको जुत्तामा केहि साथीहरुलाई चित्त बुझेको छैन भनेर कटाक्ष गरेर आफ्नो नैतिकतालाई रसातलमा पुर्याइदिए के यो नैतिक भ्रष्टाचार होइन ? सत्तामा हुँदा होस् या सत्ता बाहिर हुँदा होस् केपी ओलीले संधै आफुलाई केन्द्रमा राखेर फाइदा लिन झुट माथि झुट बोलिरहे के यो भ्रष्ट्राचार होइन ?
राज्यलाई प्रत्यक्ष वा परोक्ष्य हानी पुग्ने गतिविधि, निर्णय, नियत र पद्धतिलाई भ्रष्टाचारको दायरामा ल्याएर कारबाही गरिंदैन भने राज्य आर्थिक रुपमा, कुटनैतिक रुपमा, नैतिक रुपमा र सामाजिक रुपमा कुरूप बन्दै जान्छ र हत्या, हिंसा, बलात्कार र बेईमानिलाई मन्त्रीले सम्म यी सब सामान्य हुन् चिन्ता लिनु पर्दैन भन्ने दिन आउँछ ।
एउटा जिम्मेवार पदमा आसिन व्यक्तिबाट पदीय मर्यादा विपरित अचारण अख्तियार हुनु भ्रष्टाचारको शुरुवात हो र यहि रोक लगाउनु भ्रष्टाचार नियन्त्रणको महत्वपूर्ण कदम अनैतिक र अवैधानिक तवरले सामजिक मूल्य, कानुनी मान्यता र जनअपेक्षा विरुद्ध व्यक्तिगत स्वार्थ पूर्तिको लागि आर्थिक वा वस्तु लेनदेन सम्म पुग्नु भनेको भ्रष्ट्राचारको नाङ्गो र चरम रुप हो । राज्यले वा सम्बन्धित सरोकारवाला हरुले भ्रष्टाचारको प्रारम्भिक चरण नै प्रवेश नगरी नियन्त्रण गर्ने पद्धति अवलम्वन गरे मात्र भ्रष्ट्राचारको कालो युग अन्त्य हुनेछ । राज्यका शासकले अंगालेको सिद्धान्त, व्यक्तिगत आचरण, पदीय दायित्व र कर्मनिष्ठातामा भ्रष्ट्राचारको रुप र मात्रा भर पर्ने हुनाले म यहाँ केहि भ्रष्ट्राचारका दृष्टान्त प्रस्तुत गर्दछु ।
भ्रष्टाचार नियन्त्रणको बिषयमा बहस भइरहँदा भ्रष्टाचारको प्रारम्भिक चरण र यसका कारक तत्व के के छन् भन्ने बिषयको बहस हुनु जरुरि छ ।
अहिलेका प्रधानमन्त्री केपी ओलीको तेह्रथुम इवामा भएको झुपडी बाट भक्तपुरको बालकोटमा दुइवटा महल कसरी भए भन्ने जनताको प्रश्नमा आफु सार्बजनिक पद धारण गरेको व्यक्ति भएकोले आफ्नो बारे जनताले चासो राख्नु स्वाभाविक भएको भनेर आफ्नो आयव्यय विवरण सार्बजनिक गरि आफुलाई सच्चा र सफा भएको प्रमाणित गर्ने अवसरलाई मैले लगाएको जुत्तामा केहि साथीहरुलाई चित्त बुझेको छैन भनेर कटाक्ष गरेर आफ्नो नैतिकतालाई रसातलमा पुर्याइदिए के यो नैतिक भ्रष्टाचार होइन ? सत्तामा हुँदा होस् या सत्ता बाहिर हुँदा होस् केपी ओलीले संधै आफुलाई केन्द्रमा राखेर फाइदा लिन झुट माथि झुट बोलिरहे के यो भ्रष्ट्राचार होइन ? आफ्नो र आफ्नो संगठनको स्वार्थका लागि करोडौं जनतालाई झुक्याउनु भ्रष्ट्राचार होइन ? आफ्नो फाइदाको लागि सम्भव असम्भव जस्तो आश्वासन दिए पनि हुन्छ ? खोइ घर घरमा ग्यासको पाइप लाइन ? खोई मनांग र मुस्तांग को डाँडामा हावाबाट निकालेको ३००० मेगावाट विद्युत ? वर्ष दिन भित्र तुईन विस्थापित गर्छु भनेको बर्षौं पछि पनि तुईन बाट झरेर किन मानिस मरिरहेका छन् ? खानको लागि काम गर्न पर्दैन, धनि बन्न मात्र काम गर सरकारले घरघरमा खाना पुर्याउँछ भन्ने केपी ओली प्रधानमन्त्री भएको बेला किन मानिस सडकमा भोक भोकै मरिरहेका छन् ? टेलेभिजन अन्तर्वार्ता दिएर दुइ बर्ष भित्रमा विकास सम्बन्धि, सुशासन सम्बन्धि,सामाजिक सुरक्षा सम्बन्धि कहिँ कतै गुनासा हुने छैन भन्ने प्रधानमन्त्रीले साँच्चै कुनै गुनासा बाँकी राखेका छैनन् त ? यसरी जनजीवनमा प्रत्यक्ष प्रभाव पर्ने बिषयहरुमा प्रधानमन्त्रीको ओहोदामा बसेको मानिस बाट मजाक गरिनु भ्रष्टाचार होइन ? प्रधानमन्त्री जस्तो पदमा आसिन व्यक्तिको सम्पति माथि जनताले प्रश्न गर्दा आफ्नो आय आर्जनको श्रोत खुलाउनुको सट्टा जुत्तामा आँखा लाए भनेर उपहास गर्नु भ्रष्टाचार होइन ?
गोकुल बास्कोटाको सरकारी ठेक्कामा मूल्य बढाएर भए पनि कमिशन मिलाउने वार्तालापको अडियो सार्बजनिक हुँदा सम्म पैसा त लिएको होइन नि भन्ने कु तर्क गर्न मिल्छ ? अनि पैसा लिएको प्रमाणि छैन भनेको आधारमा बास्कोटालाई उन्मुक्ति दिन मिल्छ ? राज्यको कार्यपालिका मन्त्रिपरिषद्को जिम्मेवार सदस्य र सरकारको प्रवक्ता जस्तो जिम्मेवारी लिएको मानिस ब्यापारी सँग कमिशनको लागि मोलमोलाई गर्नु भ्रष्टाचार होइन ? के पैसाको मुठो नै समाते पछि मात्र भ्रष्टाचार हो ?
राज्यको कार्यकारी प्रमुखलाई बस्न दिएको सरकारी निवासमा सरकारी खर्चमा महिनौ दैनिक कुनै अमुक पार्टीको बैठक राख्नु भ्रष्टाचार हुँदैन ? खर्बको हाराहारी खर्च गरेर चुनाव गरेर जनमत लिइएको छ, जुन मतले फ्याँकेको व्यक्तिलाई चोर बाटोबाट सत्तामा ल्याउनु भ्रष्टाचार हो कि होइन ? यदि जनमत नमान्ने नै थियो भने त्यो खर्बको खर्च कसले बेहोर्छ ? यसरी राज्य लुट्नु भ्रष्ट्राचार हो कि होइन ? कुनै पद नपाएर दैनिक रडाको मच्चाई रहने नेताको नाममा प्रतिष्ठान खोलेर सम्भाव्यता अध्ययनले समेत सम्भावना नदेखाएको बिषालु सर्पपालन गर्न भनेर राज्यकोषबाट अर्बौं बजेट निकासा गर्नु भ्रष्ट्राचार होइन ? नीतिमा भ्रष्ट्राचार, थीतिमा भ्रष्टाचार, नैतिकतामा भ्रष्ट्राचार, स्वास्थ्य, शिक्षा, पर्यटन, व्यापार सबै तिर भ्रष्ट्राचार संरक्षण गरेर भ्रष्ट्राचारीको मुख हेर्दिन भनेर सार्बजनिक मञ्चबाट जनतालाई उल्लु बनाउनु भ्रष्टाचार होइन ?
गोकुल बास्कोटाको सरकारी ठेक्कामा मूल्य बढाएर भए पनि कमिशन मिलाउने वार्तालापको अडियो सार्बजनिक हुँदा सम्म पैसा त लिएको होइन नि भन्ने कु तर्क गर्न मिल्छ ? अनि पैसा लिएको प्रमाणि छैन भनेको आधारमा बास्कोटालाई उन्मुक्ति दिन मिल्छ ? राज्यको कार्यपालिका मन्त्रिपरिषद्को जिम्मेवार सदस्य र सरकारको प्रवक्ता जस्तो जिम्मेवारी लिएको मानिस ब्यापारी सँग कमिशनको लागि मोलमोलाई गर्नु भ्रष्ट्राचार होइन ? के पैसाको मुठो नै समाते पछि मात्र भ्रष्टाचार हो ? पैसा लिए पछि मात्र भ्रष्टाचार हुन्छ कि राज्यकोष बाट तलब भत्ता खाएर दिएको जिम्मेवारी पूरा नगर्दा पनि भ्रष्टाचार हुन्छ ? नीति नियम बनाउँदा राज्य र नागरिकको हित विपरित पद र सत्तामा आसिन हुनेहरुको स्वार्थको लागि बनाइन्छ भने त्यो भ्रष्टाचार हो कि होइन ? भ्रष्टाचार निवारणको लागि भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग गठन गरिएको छ । यो आयोगलाई भ्रष्टाचारको परिभाषा के दिएको छ ? कुनै सरकारी कर्मचारीले सेवाग्राहीबाट अनुचित रकम लियो भने मात्र भ्रष्टाचार हो कि अनुचित लाभ लिन गरिएका कार्य र प्रयासहरु पनि भ्रष्टाचार हुन् ? राज्यले गठन गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुनै व्यक्तिलाई भविष्यमा कुनै सरकारी नियुक्ति दिन नमिल्ने गरि भ्रष्टाचारी ठहर गरेको मानिस मन्त्रीको सम्धी योग्यताले सरकारी नियुक्ति पाउँछ भने त्यो नियुक्ति दिने भ्रष्टाचारी हुन् कि होइनन ? सिन्धुपाल्चोकको लिदीमा प्राविधिक हरुले वस्ती पहिरोको जोखिममा छ भनी तत्कालै वस्ती सार्न दिएको सुझावको वेवास्ता गर्दा पहिरोमा मारिएको घटनामा सुझावको वेवास्ता गर्नेहरु भ्रष्टाचारी हुन् कि होइनन ? बिशेष गरेर राष्ट्रिय योजना आयोगको अध्यक्ष प्रधानमन्त्री नै हुने हुँदा उनलाई सुझाव नमानेर लापरवाही गरेर सामुहिक हत्या भएको कसुर लाग्ने कि नलाग्ने ? यदि नलाग्ने हो भने पदको दुरुपयोग गरि जिम्मेवारी बहन नगरी तलब भत्ता मात्र बुझेर भ्रष्टाचार गरेको हो कि होइन ?
५ बर्षमा सम्पन्न गरिसक्नु पर्ने मेलम्ची खाने पनि आयोजन काम शुरु भएको २८ बर्ष सम्म पनि संम्पन्न नगर्नु शासकले जनता माथि गरेको भ्रष्टाचार हो कि होइन ? यति लामो समय सम्म योजना सम्पन्न नगर्दा भएको अर्थीक र सामाजिक क्षति कसले बेहोर्छ ? यो छानबिन गराउनु पर्ने तालुकदार मन्त्रालय र यसका सरोकार वालाहरु भ्रष्टाचारी हुन् कि होइनन् ?
हामीले जब पैसा वा वस्तु घुषको रुपमा लिने कार्यलाई मात्र भ्रष्ट्राचार मान्यौं भने शताब्दियौं सम्म हाम्रो सामाजिक अवस्था सुधार हुने छैन्र । भ्रष्टाचारको दयारा फराकिलो पारेर अध्ययन गरि यसको जरै देखि नियन्त्रण गर्ने प्रणाली विकास गरिनु पर्दछ । नेपालको सान्दर्भमा पहिलो भ्रष्टाचार राजनीति भित्रको कुनीतिबाट शुरु हुन्छ । यहाँ जसका लागि राज्य र राज्यका व्यवस्था आवश्यक छ । उनीहरु राज्यको प्रणाली भन्दा धेरै टाढा छन् । कुनै पनि देशको श्रोत र साधन युवाको हातमा हुनु पर्दछ र जुन देशमा युवाहरु श्रोत र साधनको पहुँचमा छन् ति देशहरु आर्थिक र सामाजिक विकासमा विश्वलाई प्रतिनिधित्व गरिरहेका छन् भने जुन देशहरुका युवाहरुमा श्रोत र साधनको पहुँच छैन ति देश हरु तेस्रो मुलुक ( थर्ल्ड वल्र्ड ) को नाम ले चिनिएका नेपालको सन्दर्भमा नीति नियम बनाउने ठाउँ जीवनका अन्तिम प्रहर बाँचिरहेका बृद्ध नेताहरु आसिन छन् जसले देशको अग्र मोर्चामा हुनुपर्ने युवा हरुलाई निस्तेज परिरहेका छन् । यी बृद्ध नेताहरुमा आजको आवश्यकता बुझ्न सक्ने क्षमता हुने कुरै भएन । यसरि जिम्मेवारी युवामा र श्रोत र साधन बृद्ध नेताहरुमा निहित हुँदा भ्रष्ट्राचार मौलाउँदो छ । नैतिकता संकटमा पर्दै गईरहेको छ, भने युवाहरुमा नैराश्यता व्यापक छ्र राजनीतिमा इमान्दारिताको कुनै स्थान छैन किन कि हामीलाई शासन गर्ने बृद्ध शासक हाम्रा होइनन । हाम्रा हजुरबाका पालाका हुन् जसले एक सताब्दी पछाडिको सोच राख्छन तर समय युवाहरु भन्दा एक शताब्दी अगाडि छ । यसरी शासक र शासित बीच दुइ शताब्दी अन्तर छ भने राजनीतिको थीतिले कसरी हाम्रो सम्बोधन गरेको होला ?
अब हुन्छ यस्तो कसरी त भन्ने कुरा आउँछ्र । हामीले सुशासनको प्रतिक मानिने रामराज्यमा जब राम राजनीतिक दायित्व लिन सक्ने हुन्छन् दशरथले आफु भन्दा योग्य आफ्नो छोरा लाई ठान्दछन किन कि समयले युवालाई सक्षम बनाएको हुन्छ्र धृतराष्ट्र आफु राजाको जेठो छोरा राज्यको उत्तराधिकारी हुँदाहुँदै पनि दृष्टिविहीन भएकोले वा रोगी भएकोले राजा हुन पाउदैनन् तर यहाँ अन्तिम श्वास रहुञ्जेल पनि पदमै बसेर लिन चाहने पद लोलुप हरुले युवालाई बन्देज लगाएका छन् भने रोगले विस्तारामा हुँदा पनि अचेत अवस्थामा पनि सत्ता मै हुनु पर्ने मान्यता छ्र । जब नैतिकताको खाडल बढ्दै जान्छ नाजायज व्यक्तिले स्थान ओगट्दै जान्छन र राज्य कुनै नीतिमा चल्न छोड्छ्र कुनै नीति कुनै नियम बिना चलेको छ । वस्तु जहिले पनि जहाँ पनि ठक्कर लाग्न सक्छजसरि हामी ठक्कर खाइरहेका छौं । कुनै युगमा चोरमा समेत नैतिकता हुन्थ्यो उसलाई कुनै तामा पाथी छोएर कसम खुवाउँदा सत्य बोल्थ्यो तर आज कानुनको डण्डा तेर्स्याउदा समेत कोही निर्देशित बाटोमा हिंड्दैन किनकि हिजोको चोरले मैले गल्ति गरें म मैले दण्डित हुन पर्छ ठान्थ्यो भने अहिलेका कानुनमा कानुन बनाउने ले आफुले मान्नु पर्ने ठान्दैन भने आम मानिसले कानुन बनाउने नै चोर छ मैले के मान्ने भन्ने ठान्दछ । यसरि नैतिक रुपमा पतन भैसके पछि भ्रष्ट्राचारको मलिलो भुमि तयार हुन्छ र भ्रष्ट्राचार मौलाउँछ । यदि युवाहरु संग श्रोत र साधन साथै सत्ता भयो भने नियम मेरा लागि हो, श्रोत मेरा लागि हो साधन मेरो हो र सदुपयोग गर्नुपर्छ भन्ने हुन्छ्र ।
तसर्थ भ्रष्ट्राचारको कहालीलाग्दो जन्जिरबाट मुक्त हुन् भ्रष्ट्राचार लाई पुन परिभाषित गर्ने पर्छ, नैतिक भ्रष्ट्राचार बाट देशलाई मुक्त गर्यौं भने मात्र सम्पूर्ण रुपमा भ्रष्ट्राचार अन्त्य गर्न सकिन्छ ।