काठमाडौं असोज २४ । चिकित्सा क्षेत्र सुधारका लागि १९ औं पटक अनसन बसिरहेका डा. गोविन्द केसीसगँ चौतर्फी दबाब पछि वार्ता गरे पछि सहमति नगरे पछि डा. केसी पक्षले आन्दोलनमा उत्रने चेतावनी दिएको छ । शुक्रबार दिन भर आलटाल गरेको सरकारी वार्ता टोलीले साँझ भएको वार्तामा कुनै सहमति हुन सकेन । डा. केसी पक्षबाट वार्ता टोलीका संयोजक डा. जीवन क्षेत्रीले सरकार वार्ताबाट पछि हटेको भन्दै थप आन्दोलन शुरु गर्ने बताए ।
संयोजक डा. क्षत्रीले शुक्रबार दिनभर सरकारी टोलीले वार्तामा बस्नै आलटाल गरेको बताए । वार्ता नगर्ने भए पत्रकार सम्मेलन गर्ने केसी पक्षको चेतावनी पछि सरकारले वार्तामा पुनः वोलाए पनि सहमति नभएको हो ।
सरकारी वार्ता टोली बिहिबार भएको समझदारीबाट समेत पछि हटेको डा. क्षेत्रीले बताए ।
सरकारी वार्ता टोलीका संयोजक एवं शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीले डा. केसी पक्षले उठाएका केही माग पूरा गर्ने म्यान्डेट आफूसँग नरहेको बताएका थिए ।
शिक्षा मन्त्रालयका सचिवले नै वार्तामा मन्त्रीसगँ सम्पर्क गर्न नसकिएको वताएका थिए ।
डा। केसी ६ बुँदे माग राखेर त्रिवि शिक्षण अस्पतालमा २७औं दिनदेखि अनशनरत छन् । उनले भदौ २९ गते जुम्लाबाट १९औं सत्याग्रह सुरु गरेका थिए । उनको स्वास्थ्य चिन्ताजनक रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।
डा. केसीको पक्षमा देशभरका चिकित्सक, जनस्तरबाट पनि र प्रतिपक्षी काँग्रेसले पनि ऐक्यवद्धता जनाएको छ ।