काठमाडौँ , २३ असोज ।
पछिल्लो २४ घण्टामा देशभरबाट १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । शुक्रबार १ महिला र ९ पुरुष गरी १० जना कोरोना संक्रमितको निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आज काठमाडौँकी ८७ वर्षीया महिला , काठमाडौँकै ७१ वर्षीया पुरुष , ललितपुरका ८४ वर्षीया पुरुष , रुपन्देहीका ४७ , ८४वर्षीया दुइ पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको हो।
यस्त ैसुनसरीका ४६ , ५२ र ६८ वर्षीया तीन पुरुष , झापाका २९ , ५२ वर्षीया दुइ पुरुषको पनि कोरोना संक्रमणबाट ज्यान गएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।
यस्तै आज १० जना कोरोना संक्रमितको मृत्यु भएसंगै हाल सम्म देशभरबाट ६०० जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline