जनप्रतिनिधिलाइ धम्की दिने गुण्डा नाइके ‘राधे’ पक्राउ

जनप्रतिनिधिलाइ धम्की दिने गुण्डा नाइके ‘राधे’ पक्राउ

  • शुक्रबार, अशोज २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 34.9K
    SHARES

धादिङ , २३ असोज ।
सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाइ धम्की दिने ‘गुण्डा नाइके’ राधाकृष्ण भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ। राधाकृष्ण भण्डारीलाई राधे उपनामले चिनिन्छ ।

राधे लाइ धादिङबेशीबाट प्रहरीले बिहीबार पक्राउ गरेको थियो ।
बिहीबार पक्राउ परेका राधेलाइ सार्वजनिक शान्ति भंग गरेको आरोपमा मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय धादिङका एसपी महेन्द्र खड्काले जानकारी दिए।

सिद्धलेक गाउँपालिकामा राधेले क्रसर सञ्चालन गरेका छन् । बालुवा निकाल्ने ठेक्काको म्याद समाप्त भएपछि पनि उनले अवैध तरिकाले बालुवा निकालेपछि स्थानीय निकायले ‘त्यसो नगर्न’ भने । तर, राधेले उल्टो जनप्रतिनिधिलाई धम्की दिए ।

यसअघि गत वर्ष जेठमा पनि प्रहरीले राधेलाई पक्राउ गरेको थियो। खुँडा र चक्कु देखाउँदै स्थानीय बासिन्दालाई कुटपिट गरिरहेका बेला राधेसहित पाँच जना त्यसबेला पक्राउ परेका थिए।

तत्कालीन एमाले निकट चर्चित गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ र राधेबीच धादिङमा कुनै बेला आपराधिक गतिविधिमा प्रतिस्पर्धा हुन्थ्यो। चरी प्रहरीको इन्काउन्टरमा मारिएका थिए।

प्रहरी इन्काउन्टरमा चरी मारिएपछि धादिङमा राधेको एकछत्र आपराधिक गतिविधि चल्दै आएको छ।

राधे नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरूण दल धादिङका उपसभापति हुन्। राधे खोलानालाबाट अबैध असुली, चन्दा, धम्की, कुटपिट लगायत गतिविधिमा संलग्न छन्।

प्रहरीले उनको क्रसर पनि बन्द गराएको छ । अर्काको नाममा ठेक्का पारेर उनले सिद्धलेकमा बालुवा र गिट्टी निकाल्दै आएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ