असोज २३ काठमाडौं । शुरुमा सरकारले लकडाउन गर्दा भन्यो कोरोनाबाट कुनै नागरिकको ज्यान जान दिईने छैन । कसैले उपचार नपाएर मर्नु पर्ने छैन । यो प्रधानमन्त्री ओलीले पटक पटक दिएका नारा हुन् ।
कोरोनाले एक पछि गर्दै अहिले करीब ६ सय हाराहारीमा मृत्यु भएको विवरण सरकार स्वयंले सार्वजनिक गरीसकेको छ ।
देशको राजधानी, अत्याधिन जनघनत्व रहेको काठमाण्डौ उपत्यका शुरुमा सुरक्षित देखिएको थियो । त्यसका बाबजुद लकडाउन भयो ।
तर अहिले संक्रमण काठमाण्डौ उपत्यकामा नियन्त्रण बाहिर गईसकेको विज्ञहरु ठान्दछन् । जति धेरै परीक्षण गर्यो उति नै संक्रमितहरु फेला परीरहेका छन् । यस्तो अवस्थामा सरकारले कोरोना नियन्त्रणका नाममा दशौं अर्बको हिशाब सुनाए पनि व्यवहारीक रुपमा कोरोना केन्द्रीत अस्पताल र पुर्वाधार कति बनायो भनेर हेर्ने हो भने अहिले आधा भन्दा बढी संक्रमित घरमै बस्नु पर्ने बाध्यबाट पनि स्पष्ट हुन्छ ।
२६ हजार बढी सक्रिय संक्रमित मध्य ११ हजार अस्पतालहरुमा छन् बाँकी सबै होम आईसोलेसनमा ।
यति हुदाँ हुदै सरकारले मुखै खोलेर अब गंभीर समस्या भएमा मात्रै अस्पताल जानु भनेर अपील गरीरहेको छ । ज्वरो, रुघा, खोकी लाग्दैमा अस्पताल नजानु, गंभीर भए प िमात्रै भने पछि जनतामा झन त्रास बढेको छ । कोरोनाको नाममा गंभीर बिरामीहरुको समेत समयमा उपचार अस्पतालहरुमा नहुँदा मानिसको ज्यान जाने गरेको धेरै प्रमाणित घटनाहरु सार्वजनिक भईरहेका छन् ।
यसले सरकारले अब कोरोना नियन्त्रण गर्न सकिदैन, नागरिक आफै सुरक्षित रहनुस् भन्ने सन्देश दिएको स्पष्ट हुन्छ ।
गत एकसाताभित्र मात्रै काठमाडौं उपत्यकामा १० हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।
अहिले देशभर २६ हजार ६ सय ८४ संक्रिय संक्रमित रहेका छन्, जसमध्ये १४ हजार ९ सय ६७ घरमै बसेर उपचार गरिरहेका छन् । अस्पताल तथा अन्य विभिन्न निकायले तयार पारेको आइसोलेसन सेन्टरमा ११ हजार ७ सय १७ संक्रमित छन् । देशभर सक्रिय संक्रमितको ५८ प्रतिशत उपत्काका मात्रै रहेका छन् ।
सरकारले ४० देखि ५० लाख जनसंख्या रहेको काठमाण्डौमा केवल ३ हजार आईसोलेसन सरकारले तयार पारेको थियो । अन्य विभिन्न संघ संस्थाले बनाएका केही आईसोलेसन छन् ।
भएका आईसोलेसनमा पनि व्यवस्थित उपचार र रेखदेख नहुने गरेको गुनासो बिरामीहरुको छ । यसबाट अस्पताल जाँदा झन जोखिममा पर्ने सर्वसाधारणलाई चिन्ता पर्न थालेको देखिन्छ ।
दिनमै २५ सय बढी संकमित देखिराखिएको अवस्थामा जम्मा संस्थागत र सरकारी आईसोलेसनको संख्या ५ हजार जति मात्रै रहनुले धेरै संक्रमित घरमै रहनु पर्ने बाध्यता देखिन्छ । देशभर मृत्यु हुने र संक्रमित हुने दर हेर्दा उपत्यकामा दुबैमा आधा आधा जति संख्या देखिन्छ । यसले उपत्यका थप जोखिमयुक्त रहेको देखिएको छ ।
र सरकारी भनाईलाई आधार मान्ने हो भने अब सजिलै अस्पताल भर्ना भएर उपचार पाउन कठिन पर्ने छ र यसले नागरिलार्ई थप भयवीत बनाउने देखिएको छ । अब नागरिक स्वयंले भीडभाड कम गर्ने, आवतजावत कम गर्ने, मास्क अनिवार्य प्रयोग गर्ने, साबुन पानी र स्यानीटाईजरको पयोग नियमित गर्ने, सामाजिक दुरी कायम गर्ने जस्ता कार्यमा सचेत भएर ध्यान दिनु पर्ने देखिन्छ ।