ओली, प्रचण्ड र देउवाले ९ अर्ब भ्रष्टाचार गरेका छन्, म प्रमाण पेश गर्न तयार छुः बाबुराम

ओली, प्रचण्ड र देउवाले ९ अर्ब भ्रष्टाचार गरेका छन्, म प्रमाण पेश गर्न तयार छुः बाबुराम

ओलीको पछि लागेर पचण्ड अहिले धुरु धुरु रोएर बसेका छन्

  • बिहिबार, अशोज २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 29.1K
    SHARES

असोज २२ गोरखा । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादीका नेता बाबुराम भटटराईले प्रधानमन्त्री केपी ओली, प्रचण्ड र शेर बहादुर देउवाले बुढी गण्डगी आयोजनामा ९ अर्ब भ्रष्टाचार गरेको दाबी गरेका छन् ।
आज गृह जिल्ला गोरखामा आयोजित एक कार्यक्रममा भट्टराईले भटटराईले तीन प्रधानमन्त्रीले अर्बौंको भ्रष्टाचार गरेको प्रमाण पेश गर्न आफू तयार रहेको बताए ।
‘करोड र लाखका कुरा छोडौं, अरब, अरबको लुट भइरहेको छ। म प्रधानमन्त्री छँदा शुरु गरेको बूढीगण्डकी जलविद्युत आयोजनाबाट केपी शर्मा ओली, शेरबहादुर देउवा र प्रचण्डले नौ अर्ब रुपैयाँ कमिशन खाएर अलपत्र पारिरहेका छन्’, भट्टराईले भने, ‘मलाई थाहा छ यो कुरा। प्रमाणित गर भन्नुभयो भने म तुरुन्त गर्न सक्छु । यो मात्र होइन, अरु दस, आठ वटा आयोजनाबाट अर्बौंअर्ब कमिशन खाएर मुखमा बुझो लाएर बसेका छन्। चिट चोरेर आठ कक्षा पास गरेका र १० कक्षामा फेल भएकाहरुले कमिशनखोरसँगको साँठगाँठबाट मुलुक चलाएकाले अहिले यस्तो दुर्दशा भएको हो।’ भट्टराईले गंभीर आरोप लगाए ।
अर्को फरक प्रसंगमा भट्टराईले केपी शर्मा ओलीसँगको संगतले प्रचण्ड धुरुधुरु रोएको पनि दाबी गरे । प्रचण्डको निवासमा आफू बेला बेला जाने गरेको र त्यस बेला प्रचण्डले विलौना गर्ने गरेको दावी भट्टराईले गरे ।
गोरखाको सो कार्यक्रममा नेकपा, काँग्रेस लगायतका पार्टी परित्याग गरी स्थानीय कार्यकर्ताहरु जनता समाजवादीमा प्रवेश समेत गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ