काठमाडौँ , २२ असोज ।
महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार ४ महिला र ८ पुरुष गरी १२ जनाको कोरोना संक्रमणबाट ज्यान गएको हो ।
कोरोनाका कारण मृत्यु हुनेहरुमा सुनसरीका ३९ वर्षीया पुरुष , धनुषका ७० वर्षीया पुरुष , कास्कीका ८३ वर्षीया पुरुष , सुर्खेतका ८२ वर्षीया महिला , चितवनका ८१ , ८१ र ९२ वर्षीया तीन पुरुष हुन् ।
यस्तै काठमाडौँ उपत्यकामा काठमाडौँका ५८ , ९१ वर्षीया पुरुष , काठमाडौँकै ७९ वर्षीया महिला , ललितपुरकी ७३ वर्षीया र भक्तपुरकी ८२ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
मन्त्रालयका अनुसार कुल कोरोना संक्रकित मध्य ०.६० प्रतिशत अर्थात ५ सय ९० जनाको निधन भइसकेको छ ।
हाल क्वारेन्टिनमा ४४ सय ६० रहेका छन् ।