बिपी प्रतिष्ठानको बदमासीः कोरोना संक्रमितलाई चार घण्टा सम्म भर्नै लिएन, एम्बुलेन्स दुर्घटनामा घाईते भएपछि पनि उचार नगरे पछि घर फर्कन बाध्य

बिपी प्रतिष्ठानको बदमासीः कोरोना संक्रमितलाई चार घण्टा सम्म भर्नै लिएन, एम्बुलेन्स दुर्घटनामा घाईते भएपछि पनि उचार नगरे पछि घर फर्कन बाध्य

  • बिहिबार, अशोज २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 17.4K
    SHARES

धरान असोज २२ । सबै भन्दा धेरै सरकारी कोटामा डाक्टर उत्पादन गर्ने धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निरन्तर कोरोना संक्रमणका नाममा बिरामीको उपचारमा एक पछि अर्को लापरवाहीको घटना सार्वजनिक भएको छ ।

असोज ४ गते पवित्रा देवी तिम्सिनालाई एम्बुलेन्समै चार घण्टा राखिददा ज्यान गएको घटना सेलाउन नपाउदै पुनः अर्को बिरामीलाई तीन घण्टा एम्बुलेन्समै राख्दा पनि भर्ना नलिए पछि एक बिरामी त्यतिकै घर फर्किएका छन् ।

ईटहरी उपमहानगरपालिका वडा नं १२ निवासी राजेन्द्र सिंह विष्टलाई कोरोना देखिए पछि बिपीको आईसोलेसनमा भर्ना हुन ईटहरी उपमहानगरपालिकाको एम्बुलेन्समा धरान गएका थिए ।
धरान जाँदा जाँदै बाटैमा एम्बुलेन्स एउटा कारमा ठोक्किएर उनको टाउकोमा चोट लाग्यो । नत एम्बुलेन्सले प्रहरीलाई नै खबर गरेर त्यो कार समात्यो । त्यतिकैमा एम्बुलेन्सले हतार हतार कोभिड अस्पताल धरान पुर्यायो । तर चार घण्टा सम्म उनलाई भर्ना लिएन ।

त्यस पछि विष्टले अस्पतालका डाईरेक्टर गौरीशंकर शाहलाई फोन गरे । त्यस पछि उनले मिलाउछु भने । तर केही बेर पछि डाईरेक्टर शाहले फोन स्वीच अफ गरेर बसे ।
त्यस पछि डाक्टरले बल्ल तल्ल सम्पर्क गरे । र पनि उपचारमा आलटाल गरे पछि विष्ट पुनः सोही एम्बुलेन्सबाट घर फर्किएर अहिले होम आईसोलेसनमा बसेका छन् । उनको टाउकोमा करीब ५ टाँका लगाउनु पर्ने भनिए पनि टाँका समेत नलगाए पछि उनी घर फर्किएको बताएका छन् ।
सोही दिन हिजै कोरोना संक्रमित भएका एक बालकलाई एपेण्डि साईट भएर ल्याईएको थियो । तर आमा छोरा नै कोरोना संक्रमित भएका कारण भर्ना हुन हतार परे पनि भर्ना नलिदा आमा छोराको रुवावासी भएको देखिएको थियो ।
बिपी भित्र चरम भ्रष्टाचार बढेको, उपकुलपति राजनीतिक पँहुचका कारण बिरामीको स्वास्थ्य र अस्पतालको पुर्वाधार र उपचार व्यवस्थापन भन्दा पनि व्यापारीसगँ साँठगगाँठ, नियुक्ति, सरुवा, ठेक्कासगँ सम्बन्धित काममा लागेको गुनासो बढीरहेको छ ।
नियम विपरीत आईसोलेसनमै बसेर पनि उपकुलपति ज्ञानेन्द्र कार्की खरीद , नियुक्ति सरुवा जस्ता काममा लागेको भन्दै अख्तियारमा समेत उजुरी परेको छ । विराट मेडिकल कलेजमा कार्यरत रहेकै बेला प्रधानमन्त्री ओलीले गिरीलाई विपीको उपकुलपतिमा लकडाउनकै बेला नियुक्त गरेका थिए ।
बिपीको यो लापरबाही प्रति जनस्तरमा व्यापक आवाज उठे पनि सरकारले कुनै कदम चाल्न सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ