अब यसरी नै संक्रमित बढ्दै जाने हो भने काठमाण्डौमा अस्पतालले बिरामीको भार थेग्न सक्दैन , विकल्प के ?

अब यसरी नै संक्रमित बढ्दै जाने हो भने काठमाण्डौमा अस्पतालले बिरामीको भार थेग्न सक्दैन , विकल्प के ?

  • बिहिबार, अशोज २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

असोज २२ काठमाडौँ । काठमाण्डौंमा दिनहुँ बढीरहेको संक्रमणको दरलाई लिएर सरकारले चिन्ता जनाएको छ । उपत्यकामा यही दरमा संक्रमण बढ्दै जाने हो भने अब अस्पतालहरुले बिरामीको भार थेग्न नसक्ने सरकारले बताएको छ ।
स्वास्थ्य मन्त्रालयका पवक्ता डा. जागेश्वर गौतमले अस्पतालहरुमा बिरामीको चाप बढे पछि बिरामीहरुलाई बेडको अभाव हुन थालेको बताए ।
निजी अस्पतालहरुले कोरोनाको उपचार व्यवस्थापन गर्नु पर्ने उनले बताए ।
सार्वजनिक स्थलमा भीडभाड, नाक मुख छोपिने गरी मास्क नलगाउनु, सामाजिक दुरीको पालना नहुनु, हातको सफाईमा उचित ध्यान नदिनु जस्ता कारणले संक्रमण बढीरहेको पनि डा. गौतमले बताए ।
किनमेलका लागि देखिएको भीड हेर्दा मान्छेले कोरोना बिर्सेको हो कि जस्तो देखिने गरेको पनि उनले बताए ।
राजधानीमै बिरामीले बेड पाउन अभाव हुनु र संक्रमण दैनिक १५ सय भन्दा बढीका दरले देखिनुले काठमाण्डौ कति जोखिममा छ भन्ने कुराको संकेत गर्दछ ।
त्यसैले सरकारले दशैमा आवत जावत नगर्ने, ६० वर्ष माथिका वृद्ध वृद्धाहरुलाई घरबाट ननिस्कन र मास्क अनिवार्य लगाउन अपील गरीरहेको छ । यसका बाबजुद राजधानीमा ठूलो भीडभाड भने देखा परीरहेको छ ।
यसको विकल्प अब सरकारले के गर्ला त ? फेरी लकडाउन या अरु कनै विकल्प निकाल्ला ?
निजी क्षेत्रले भने पुनः लकडाउन नगर्न सरकारसगँ माग गर्दै आएको छ भने सरकारले पनि लकडाउन भन्दा अरु नै विकल्प खोज्ने बताईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ