काठमाडौँ , २१ असोज ।
२४ दिनदेखि १९ औँ सत्याग्रहमा बसेका डा। गोविन्द केसीलाई सरकारले ध्यान नदिएपछि नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ ।
चिकित्सक संघले बुधबार एक विज्ञप्ति जारी गर्दै देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरूमा आकस्मिक र कोभिड १९का सेवा बाहेक अन्य सेवा बन्द गर्ने घोषणा गरेको हो।
जसअनुसार संघले बिहीबार बिहान ९ बजे देखि ११ बजे सम्म आकस्मिक तथा कोभिड १९ बाहेकका सेवा बन्द गरी धर्ना दिने घोषणा गरेको हो ।
साथै अर्को सूचना जारी नभएसम्मका लागि कालोपट्टी बाँधेर चिकित्सकहरुले रिले अनसन गर्ने भएका छन्।
त्यस्तै शुक्रबार भने दिनभर नै देशैभरका आकस्मिक र कोभिड–१९ सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बन्द गर्ने निर्णय संघले गरेको छ।
संघले असोज १८ गते डा। केसीको जीवन रक्षाका गर्न ७२ घण्टामा वार्ता टोली गठन गरी वार्ता गर्न अनुरोध गरेको थियो। २४ दिन पुग्दा पनि सरकारले बेवास्ता गरेपछि संघ विरोधमा उत्रिएको हो।
अबपनि वार्ता टोली नबनाए झन् कडा रुपमा प्रस्तुत हुने संघको चेतावनी रहेको छ ।