काठमाडौँ उपत्यकाका ७ सहित थप १५ जना कोरोना संक्रमितको निधन

काठमाडौँ उपत्यकाका ७ सहित थप १५ जना कोरोना संक्रमितको निधन

  • बुधबार, अशोज २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाडौँ , २१ असोज ।
बुधबार १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज १० जना पुरुष र ५ जना महिला गरि १५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज काठमाडौँ उपत्यकामा काठमाडौँका ४५ , ५३ , ६४ , ६९ वर्षीया चार पुरुष , काठमाडौँकी ६६ , ७२ वर्षीया दुइ महिला र ललितपुरका ४३ वर्षीया पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

यस्तै आजै मोरंगका ४० , ६० वर्षीया दुइ पुरुष , सिरहाकी ५० वर्षीया महिला , रौतहटकी ७२ वर्षीया महिला , चितवनका ६१ वर्षीया पुरुष , रुपन्देहीका ५५ वर्षीया पुरुष , नवलपरासीका ७६ वर्षीया पुरुष र दांगका ७१ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयका अनुसार नेपालमा कुल कोरोना संक्रमित मध्य ०.६१ प्रतिशत अर्थात ५ सय ७८ जनाको मृत्यु भइसकेको छ ।
हाल ४ हजार १ सय ६४ जना क्वारेन्टिनमा बसेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ