प्रधानमन्त्री ज्यू, गोविन्द केसीसगँ वार्ता नगर्ने बालुवाटारे बालहठ महंगो पर्नेछ, काँग्रेसले दियो चेतावनी

प्रधानमन्त्री ज्यू, गोविन्द केसीसगँ वार्ता नगर्ने बालुवाटारे बालहठ महंगो पर्नेछ, काँग्रेसले दियो चेतावनी

  • बुधबार, अशोज २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

असोज २१ काठमाण्डौं । १९ औं पटक चिकित्सा क्षेत्र सुधारको माग गर्दै अनसनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य स्थिति गंभीर बन्दै गए पनि सरकारले वास्ता नगरेको भन्दै काँग्रेसले ध्यानाकर्षण गराएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी अनसन बसेका डा. केसीको २४ औं दिन पुग्दा सम्म सरकारले वार्ता टोली नबनाएको भन्दै ध्यानाकर्षण गराएका हुन् ।
विज्ञप्तिमा प्रवक्ता शर्माले काँग्रेसको सरकारका पालामा डा. केसीसगँ वार्ता गरेर भएका सहमति र कार्यन्वयन थालेको बिषय समेत प्रधानमन्त्री ओलीले उल्ट्याएको दावी गरेका छन् ।
सत्याग्रहीलाई दुर्व्यवहारदेखि सत्ताको अहंकारसम्मले कम्युनिष्ट तन्त्रको मनोबिज्ञानलाई पुष्टी गरेको शर्माले बताए ।
प्रधानमन्त्रीज्यू, ‘हेक्का रहोस् लोकतन्त्र भर्सेस ‘कम्युनिष्टतन्त्र’ मा अन्ततः जित लोकतन्त्रकै हुनेछ। डा. केसीको जायज आवाजलाई सम्बोधन गर्न ढिलाइ गर्ने गम्भीर भुल किमार्थ नगरियोस्।’ प्रवक्ता शर्माले चेतावनी दिएका छन् ।
यस अघि पार्टी सभापति शेर बहादुर देउवाले अपील जारी गरी डा. केसीसगँ वार्ता गर्न र माग संवोधन आग्रह गरेका थिए ।
डा. केसीको स्वास्थ्य स्थिति जटिल बन्दै गएका बेला वार्ता गरेर समाधान गर्न चौतर्फी दबाब बढे पनि सरकारले औपचारीक रुपमा वार्ता गर्नुको साटो अनसन रोक्न आग्रह गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ