काठमाडौँ असोज २१ । दशैं नजिकियो । अरु बेला यो समयमा धेरै मानिसहरु उपत्यका बाहिर जाने तरखर हुन्थ्यो । तर यस पटक टिकट खुल्ला पनि भएको छैन । तर मानिसहरु फाट्ट फुट्ट हिँडिरहेका छन् ।
खास गरी उपत्यकामै पछिल्लो समय संक्रमणको केन्द्र बनेका कारण सरकारले भरसक काठमाण्डौ नआउन भनिरहेको छ । यस्तै चाडपर्व नजिक आएको र यो समय गाँउ जाँदा र आउदा ओहोर दोहोरबाट बढी जोखिम हुन सक्ने भन्दै स्वयं सरकारले नै नागरिकलाई टाढैबाट आशिस लिन अपील गरेको छ ।
सरकारका प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले काठमाण्डौमा संक्रमणको जोखिम उच्च रहेकाले शतर्क रहन अपील गरे ।
त्यसो त नियमित्र पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयले यस्ता अपील गरीरहेको छ ।
अघिल्ला दशैहरुमा २५ लाख बढी मानिसहरु उपत्यका बाहिर जाने गरेका थिए । यस पटक त्यत्रो संख्यामा नभए पनि केही मानिसहरु आउजाउ गर्ने संभावना भने बढी छ । मन्त्रिपरिषद्ले असोज १९ गते गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता ज्ञवालीले सबैलाई सचेतता अपनाउन आग्रह गरे ।
ज्ञवालीले जिल्लाहरूमा कोरोनाको प्रकोप बिस्तारै नियन्त्रणउन्मुख भ एपनि काठमाडौं उपत्यका जोखिममा रहेकाले प्रदर्शन गर्दा वा अन्य गतिविधि गर्दा पनि उनले उच्च सतर्कता अपनाउनुपर्ने बताए ।
दसैं र तिहार नजिकिँदै गएकाले पनि विशेष सतर्कता अपनाउनुपर्ने उनको भनाइ थियो । ुचाडबाड नजिक आउँदै छ । दसैं नजिक छ । विशेष आग्रह छ हामी स्वस्थ रह्यौं भने फेरि पनि चाडबाड मनाउन सक्छौं, ज्ञवालीले भने । ज्येष्ठ नागरिक कोरोना संक्रमणको उच्च जोखिममा रहेकाले चाडबाडमा विशेष ख्याल गर्नुपर्ने मन्त्री ज्ञवालीले बताए ।
चाडपर्व मनाउन काठमाडौंबाट गाउँ जाने र त्यसपछि फेरि काठमाडौं फर्कने गर्दा कोरोना संक्रमण पनि ओहोरदोहोर हुने सम्भावना बढी रहेको उनले बताए । स्वास्थ्य ठूलो कि दशैँ धेरै मानिसलाई सोच्न बाध्य बनाएको छ ।