कोरोनाले वामदेव विरुद्ध परेको रिटको सुनुवाई पनि अनिश्चित

कोरोनाले वामदेव विरुद्ध परेको रिटको सुनुवाई पनि अनिश्चित

  • बुधबार, अशोज २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौं असोज २१ । कोरोना संक्रमणको महामारीका कारण हरेक क्षेत्र प्रभावित भएका बेला सर्वोच्च अदालत पनि प्रभावित छ । यसैको प्रभाव नेकपा उपाध्यक्ष वामदेव गौतमको राष्ट्रियसभामा मनोनयनविरुद्ध परेको रिटको सुनुवाइमा पनि परेको छ । गौतमविरुद्धको रिट बुधबारका लागि ‘हेर्दाहेर्दै’ अवस्थामा पेसी तय भएपनि सर्वोच्चमा इजलास गठन हुन नसक्दा सुनुवाइ अनिश्चित भएको हो।
सर्वोच्चका न्यायाधीश र अधिकृतहरूमा कोभिड संक्रमण देखिएपछि मुद्दाको सुनुवाइ रोकिएको हो। पीसीआर रिपोर्ट पोजिटिभ देखिएका न्यायाधीश पुरुषोत्तम भण्डारी र अरू अधिकृतको सम्पर्कमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित अन्य न्यायाधीश होम आईसोलेसनमा रहेका छन् ।
संवैधानिक ईजलाशमा संलग्न न्यायधीशहरु नै आईसोलेसनमा रहेका कारण गौतमको बुद्धा फेरी अनिश्चित बनेको हो ।
यस अगाडि शुक्रबार सर्वोच्चको संवैधानिक इजलासमा वामदेवको तर्फबाट पूर्व महान्यायाधीवक्ता एवम् वरिष्ठ अधिवक्ता प्रा.डा.युवराज संग्रौला, वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ, शेरबहादुर केसी, राघवलाल वैद्य लगायतले बहस गरेका थिए।

शुक्रबारको इजलासको सुनुवाइ सकिएको थियो। बहस बाँकी नै भएकाले अर्को सुनुवाइका लागि आजलाई पेशी तोकिएको थियो। आज वामदेव र सरकारका कानुन व्यवसायीको बहस पैरवी सकिएपछि रिट निवेदकका कानुन व्यवसायीले जवाफी बहस गर्ने तयारी थियो। दुवै पक्षको बहस सकिएपछि मात्र मुद्दाको निर्णय हुनेछ।

अधिवक्ता दिनेश त्रिपाठी र बद्रीराज भट्टले सर्वोच्च अदालतमा दायर गरेको दुई वटा रिट उपर असोज ७ गते न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले सांसदको हैसियतमा कुनै काम कारबाही नगर्न अन्तरिम आदेश दिएको थियो।

वामदेवको मुद्दा प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणासहित न्यायाधीश दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहेको संवैधानिक इजलासमा छ।

७४ सालको निर्वाचनमा पराजीत भएका गौतम राष्ट्रिय सभामा मनोनित भए पछि उनको बिरुद्ध सर्वोच्चमा रिट परेको हो ।
सर्वोच्चको फैसलाका कारण वामदेवको मन्त्री हुने बाटो समेत अहिलेका लागि बन्द भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ