भारततर्फ जादै गरेको तीन युवतीको उद्धार

भारततर्फ जादै गरेको तीन युवतीको उद्धार

  • मङ्लबार, अशोज २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 19.5K
    SHARES

झापा , २० असोज ।
पूर्वी नाका काँकडभिट्टाबाट भारततर्फ जाँदै गरेका तीन युवतीको उद्धार गरी माइती नेपालमा राखिएको छ । नेपाल भारतको सीमा क्षेत्रबाट सुनसरी, गोरखा घर भई भक्तपुर बस्ने र गौरादह नगरपालिकाका १८ वर्षका युवतीलाई माइती नेपाल र इलाका प्रहरी कार्यालय काँकडभिट्टाले उद्धार गरी माइती नेपालमा राखेको हो ।

उनीहरुले आफ्नै साथीले भारतको पानीटङ्कीमा काम लगाई दिने बहाना बनाएर बोलाएकाले जान लागेको बताएका थिए । सोमबार साँझ पानीटङ्कीतर्फ जान सीमामा घुमफिर गर्ने बहाना बनाएका उनीहरुलाई माइती नेपाल र इप्रका काँकडभिट्टाको प्रहरी टोलीले फेला पारेको थियो ।

तत्काल उद्धार गरी काँकडभिट्टामै रहेको नेपालको कार्यालयमा राखिएको माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले बताउनुभयो । उहाँले कोरोना महामारीमा समेत मानव तस्करहरु सीमा क्षेत्रमा सक्रिय रहेको जानकारी दिनुभयो ।

उहाँले यस अघि पनि बन्दाबन्दीकै समयमा माइती नेपालले सीमा क्षेत्रबाट चार जनाको रोकथाम र भारतको नयाँ दिल्लीस्थित नेपाली राजदुतावास, मनिपुर प्रहरी, मनिपुर संस्था उज्यालो होमको सहकार्यमा युवतीहरुको उद्दार गरी ल्याइएको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ