मंगलबार ९ जना कोरोना संक्रमितको निधन

मंगलबार ९ जना कोरोना संक्रमितको निधन

  • मङ्लबार, अशोज २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौँ , २० असोज ।
कोरोना संक्रमणका कारण मंगलबार ९ जनाको मृत्यु भएको छ । आज ४ जना महिला र ५ जना पुरुष गरी ९ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार आज काठमाडौँ उपत्यका बाहिर मृत्यु हुनेहरुमा तेर्हथुमका ३१ वर्षीया पुरुष , सुनसरीका ६४ वर्षीया पुरुष , चितवनका ७० वर्षीया पुरुष , नवलपरासीपूर्वकी ७७ वर्षीया महिला रहेका छन् ।
यस्तैमा काठमाडौँ उपत्यकामा काठमाडौँकी ५९ , ६० वर्षीया दुइ महिला , ललितपुरकी ६७ वर्षीया महिला र ललितपुरकै ६१ , ७७ वर्षीया दुइ पुरुषले कोरोना संक्रमणबाट आफ्नो ज्यान गुमाएका हुन् ।

मन्त्रालयका अनुसार हाल २४३ जना आइसीयुमा र ४० जना भेन्टिलेटरमा उपचाररत छन् ।
यस्तै कुल कोरोना संक्रमित मध्य ०.६२ प्रतिशत अर्थात ५ सय ६३ जनाको मृत्यु भइसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ