प्रदेश ५ को राजधानी विवाद मिलाउने प्रयासः बुटवल–भैरहवा करिडोरलाई वित्तीय राजधानी बनाईने

प्रदेश ५ को राजधानी विवाद मिलाउने प्रयासः बुटवल–भैरहवा करिडोरलाई वित्तीय राजधानी बनाईने

  • मङ्लबार, अशोज २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

असोज २० बुटवल । प्रदेश ५ को राजधानी दाङ सार्ने निर्णय विरुद्ध आन्दोलच चर्किरहेका बेला प्रदेश सरकारले समस्या समाधानको नयाँ उपाय निकाल्ने प्रयास गरेको छ । यसका लागि सरकारले बुटवल–भैरहवा करिडोरलाई वित्तीय राजधानी बनाउने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लालाई सांस्कृतिक र पर्यटकीय राजधानी बनाउने निर्णय पनि गरेको छ । बुद्धजन्मस्थल लुम्बिनी र बुद्धसँग सम्बन्धित क्षेत्र उजागर गर्ने भन्दै यी तीन जिल्ला समेटेर सांस्कृतिक र पर्यटकीय राजधानी बनाउन लागिएको हो ।

यस्तै कपिलवस्तुको शिवराज नगरपालिकामा सरुवा रोग नियन्त्रणसम्बन्धी अस्पताल बनाउने मन्त्रिपरिषद्को निर्णय छ । यसका लागि वन क्षेत्रको ९ बिघा जग्गा उपलब्ध गराउने निर्णय भएको मन्त्री बरालले जानकारी दिए ।
यसअघि सोमबार बसेको नेकपा संसदीय दलको बैठकमा भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीले उक्त प्रस्ताव पेस गरेका थिए । चौधरीको प्रस्तावलाई संसदीय दलबाट निर्णय गराएर मन्त्रिपरिषद् लगिएको थियो ।

मन्त्रिपरिषद्का उक्त निर्णय मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभाबाट सार्वजनिक गर्ने तयारी छ । तर प्रतिपक्ष कांग्रेसको विरोधले प्रदेशसभा बैठक चल्ने अवस्था नभए पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने मन्त्री सुदर्शन बरालले जानकारी दिए ।
राजधानी दाङ सार्ने निर्णयमा नेकपाका महासचिव विष्णु पौडेल सहित विपक्षमा देखिएका छन् भने काँग्रेस आन्दोलित छ । अन्य जिल्लाका नेता र काँग्रेसका पनि अरु जिल्लाका नेता भने राजधानी दाङ सार्ने निर्णयको पक्षमा सार्वजनिक रुपमा बोल्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ