काठमाडौँ उपत्यकाका १२ जना सहित १९ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ उपत्यकाका १२ जना सहित १९ जना कोरोना संक्रमितको मृत्यु

  • सोमवार, अशोज १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 18.4K
    SHARES

काठमाडौँ , १९ असोज ।
सोमबार १९ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । आज १४ जना पुरुष र ५ जना महिला गरी १९ जना कोरोना संक्रमितले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज काठमाडौँ उपत्यकामा काठमाडौँका २६ , ६५ , ६७ , ७८ , ८१ , ९१ वर्षीया ६ जना पुरुष र काठमाडौँकै ७३ , ८१ र ८३ वर्षीया ३ महिला र ललितपुरका ३ , ७१ , ५५ वर्षीया ३ जना पुरुषले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

यस्तै काठमाडौँ उपत्यका बाहिर सुनसरीका ५५ वर्षीया पुरुष , पर्साका ६५ वर्षीया महिला , सर्लाहीका ४२ , ६९ वर्षीया दुइ पुरुषले पनि कोरोना संक्रमणबाट ज्यान गुमाएका हुन् ।
यस्तै चितवनका ६५ वर्षीया पुरुष , गोरखाकी ४५ वर्षीया महिला , नवलपरासीपूर्वका ३६ वर्षीया पुरुषले पनि कोरोना संक्रमणबाट ज्यान गुमाएका हुन् ।

आज १९ जना कोरोन संक्रमितको मृत्यु भएसंगै हालसम्म ५ सय ५४ जनाको मृत्यु भइसकेको छ , जुन कुल कोरोना संक्रमितमध्य ०.६२ प्रतिशत रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ