असोज १९ काठमाण्डौं । नेपालमा निरन्तर कोरोना संक्रमित बढ्ने क्रम जारी छ । आज १३ हजार ७८१ जनामा गरिएको परीक्षणमा २४४० जना संक्रमित फेला परेका छन् । उपत्यकामा मात्रै १५३१ जना आज थपिएका छन् । यो सगैँ कुल संक्रमितको संख्या ८९ हजार २६३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यी मध्य सक्रिय संक्रमित २३ हजार ५०७ जना रहेका छन् ।
आज कोरोना मुक्त हुने ११३३ जना रहेका छन् । हाल सम्म डिस्चार्ज हुनेको संख्या ६५ हजार २०२ रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline