कडा सुरक्षकासाथ नेकपा संसदीय दलको बैठक शुरु, प्रदेश सभा बैठक पनि आजै

कडा सुरक्षकासाथ नेकपा संसदीय दलको बैठक शुरु, प्रदेश सभा बैठक पनि आजै

  • सोमवार, अशोज १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

बुटवल , १९ असोज ।
प्रदेश ५ को नामाकरण र राजधानी फेर्ने निर्णयबारे छलफल गर्न बोलाइएको प्रदेश ५ को सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को संसदीय दलको बैठक सुरू भएको छ ।

मुख्यमन्त्री शंकर पोखरेल ढिला आएकाले बैठक ढिला गरी सुरू भएको एक प्रदेशसभा सदस्यले जानकारी दिए ।

कडा सुरक्षाको बीच बैठक सुरु भएको छ । बैठकस्थल बाहिर बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ।

मन्त्रिपरिषद्ले प्रदेश ५ को राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव प्रदेशसभामा पेस भएको छ । उक्त प्रस्तावमाथि छलफल गर्न प्रदेशसभा बैठक समेत डाकिएको छ ।

केही बेरअघि प्रदेश ५ मा राजधानीको विषयमा विवाद बढ्दै गइरहेको बेला प्रदेशसभा सञ्चालन नियमावली मस्यौदा संशोधन समितिका सभापति भोजप्रसाद श्रेष्ठले राजीनामा समेत दिएका छन् । उनी बैठकमा अनुपस्थीति छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ