वुटवलमा थप आन्दोलन चर्कदैः सुरक्षा व्यवस्था कडा पारिए पनि रोकिएनन प्रदर्शनकारी

वुटवलमा थप आन्दोलन चर्कदैः सुरक्षा व्यवस्था कडा पारिए पनि रोकिएनन प्रदर्शनकारी

  • सोमवार, अशोज १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.7K
    SHARES

असोज १९ काठमाण्डौं । प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ बनाउने प्रस्ताव प्रदेश सभामा पेश भए लगत्तै नेपाली काँग्रेस, व्यवशायी र अन्य संघसंस्थाले शुरु गरेको आन्दोलन चर्कदै गएको छ ।
उनीहरुले प्रदेशको राजधानी वुटवलमै राख्नु पर्ने माग गर्दै प्रशासनको निषेधाज्ञा समेत तोडेर आन्दोलन जारी राखेका छन् । आज पनि सडकमा प्रदर्शनकारी निस्किएका छन् ।
हिजो मुख्य मन्त्रीको गाडीमा समेत तोडफोड भएको थियो ।
देउवा सरकारले देशका सात वटै प्रदेशको अस्थायी राजधानी तोकेको थियो । पछि प्रदेश सभाले स्थायी राजधानी र नाम तोक्नु पर्ने व्यवस्था छ ।
यस्तोमा प्रदेश ५ को सरकारले दाङ सेन्टर हुने भएकाले त्याहाँ तोक्न दबाब परीरहेका बेला सरकारले त्यो निर्णय गरे पनि फेरी रुपन्देहीबासी आन्दोलित बनेका हुन् ।
रुपन्देहीबाटै प्रतिनिधित्व गर्ने नेकपाका महासचिव विष्णु पौडेल सहितका नेता पनि राजधानी वुटवल नै राख्नु पर्ने पक्षमा रहेका छन् ।
प्रदेश सभा, मुख्य मन्त्रीको कार्यलय आदिमा कडा सुरक्षा प्रवन्ध गरिएको प्रशासनले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ