दशैं त फेरी पनि आँउछ तर जीवन गयो भने फेरी फर्कदैन, त्यसैले दशैमा ओहोर दोहोर नगर्नुस् : सरकार

दशैं त फेरी पनि आँउछ तर जीवन गयो भने फेरी फर्कदैन, त्यसैले दशैमा ओहोर दोहोर नगर्नुस् : सरकार

  • सोमवार, अशोज १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 22.4K
    SHARES

असोज १९ काठमाण्डौं । अहिले देशमा कोरोना संक्रमणको दैनिक संख्या २ हजार माथि रहेको छ । खास गरी काठमाण्डौ उपत्यका, चितवन, सुनसरी, मोरगं, रौतहट लगायतका जिल्लामा जोखिम हवात्तै बढेको छ ।
चौतर्फी आलोचनाका बीच लकडाउन कायम राख्ने तर स्वास्थ्य पणाली र पुर्वाधारमा सुधार नगरेका कारण अहिले महामारी अनियन्त्रित बनेको छ ।
यस्तो स्थितिमा नजिकिदो चाडपर्वलाई लक्षित गरेर स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले बारम्बार आगह गरीरहेका छन् दशैं भनेर ओहोर दोहोर नगरौँ, दशैत अर्को बर्ष पनि आउछ तर यदी जीवन गयो भने फेरी आउदैन ।
दिनहुँ सरकारले अब काठमाण्डौं उपत्यका सकेसम्म नआउन,आउनै परेमा जनस्वास्थ्यका मापदण्ड पूरा गर्न , ६० वर्ष माथिका वृद्धवृद्धाहरुलाई घरबाट बाहिर ननिस्कन अपील गरीरहेको छ ।
दशैं नजिकिदै जाँदा संक्रमण पनि बढीरहेको र मानिसहरु दँशैमा उपत्यका बाहिर जान चाहनेको संख्या ठूलो हुने भएकाले कोरोना संक्रमणको प्रसार अझ तीव्र हुने आशंका सरकारले गरीरहेको देखिन्छ ।
नेपालले कोरोना शुरुवात भएको चीनलाई समेत संक्रमणको संख्यामा उछिनि सकेको छ । नेपालमा आल ८६ हजार ८२३ जना संकमित भईसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी