काठमाडौँ , १८ असोज ।
आइतबार ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार ४ जना महिला र ३ जना पुरुष गरी ७ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणबाट आज ५दिने बालिकाको ज्यान गएको छ ।
मन्त्रालयका अनुसार आज मृत्यु हुनेहरुमा काठमाडौँका ५५ वर्षीया पुरुष , ललितपुरका ७७ वर्षीया पुरुष , चितवनकी ५५ वर्षीया महिला , कञ्चनपुरकी २९ वर्षीया महिला , बाँकेका ६० वर्षीया पुरुष र बाँकेकै २५ वर्षीया महिला रहेका छन् ।
हाल देशभर २४ जना भेन्टिलेटरमा र २ सय २६ जना आइसीयुमा उपचाररत छन् ।
आज ७ जनाको मृत्यु भएसंगै हाल सम्म ५ सय ३५ जना कोरोना संक्रमितको मृत्यु भइ सकेको छ ।
यस्तै कुल संक्रमित मध्य ०.६२ प्रतिशत संक्रमितले ज्यान गुमाएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline