असोज १८ काठमाण्डौं । देशमा दिनानुदिन बढीरहेको कोरोना संक्रमण र स्वयं प्रधानमन्त्रीको सरकारी निवासमा सल्लाहकार, स्वकिय सचिव र सुरक्षाकर्मी सहित ७४ जनामा कोरोना देखिए पछि नेकपाको बैठक समेत स्थगित भएको छ ।
हिजो बस्ने भनिएको सचिवालयको बैठक आजलाई बोलाईएको थियो । तर आज पनि बैठक बस्न सकेन ।
प्रधानमन्त्रीले अत्यावस्यक बाहेकका भेटघाट बन्द गरीसकेका छन् । आइतबार चार बजेका लागि बोलाइएको बैठक अनिश्चतकालका लाथि स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । अर्को बैठक कहिले बस्ने भन्ने मिति तय भएको छैन ।
नेकपा भित्र मन्त्रीमण्डल पुनर्गठनका बारेमा छलफल गर्ने भनिएको थियो । साथै पछिल्लो समय प्रधानमन्त्रीले राजदुत सहित विभिन्न पदमा गरेको नियुक्तिको बिषयमा छलफल हुने भनिए पनि अब त्यो अनिश्चित बनेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline