डा. केसीको स्वास्थ्य गंभीर बन्दै, सास फेर्न गाह्रो पछि अक्सिजन दिन शुरु

डा. केसीको स्वास्थ्य गंभीर बन्दै, सास फेर्न गाह्रो पछि अक्सिजन दिन शुरु

  • आइतवार, अशोज १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 18.8K
    SHARES

असोज १८ काठमाण्डौं । २१ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । छाती दुख्न र सास फेर्न गाह्रो परे पछि डा. केसीलाई अक्सिजन दिईएको छ । डा. केसीको शरीरमा अक्सिजनको मात्रा पनि घटेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
केसीको उपचारको नेतृत्व गरिरहेका शिक्षण अस्पतालको क्रिटिकल विभाग प्रमुख डा. सुवास आचार्यले उनलाई कुनै पनि बेला आईसीयूमा सारेर उपचार सुरु गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् । १९ औं पटक चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै अनसन बसेका डा. केसीको मागप्रति सरकारले वार्ता गर्ने र व्यवस्थापन गर्ने वातावरण नबनाउदा केसीको स्वास्थ्य समेत प्रतिकुल हुदै गएको छ । डा. केसीको पक्षमा सडकमा प्रदर्शन समेत हुन थालेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ