सल्लाहकार, सचिवालय र सुरक्षाकर्मीमा कोरोना देखिए पछि प्रधानमन्त्रीले अत्यावस्यक बाहेकका भेटघाट बन्द गरे

सल्लाहकार, सचिवालय र सुरक्षाकर्मीमा कोरोना देखिए पछि प्रधानमन्त्रीले अत्यावस्यक बाहेकका भेटघाट बन्द गरे

  • आइतवार, अशोज १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

असोज १८ काठमाण्डौं । देशमा दिनानु दिन कोरोना संक्रमित बढ्ने क्रममा प्रधानमन्त्रीका तीन जना सल्लाहकार, स्वकिय सचिव र निवासको सुरक्षामा खटिएका सुरक्षाकर्मी गरी एकै दिन ७४ जनामा कोरोना संक्रमण देखिए पछि प्रधानमन्त्री ओलीले भेटघाट बन्द गरेका छन् । प्रधानमन्त्रीले अत्यावस्यक बाहेकका सबै भेटघाट बन्द गरेका हुन् । यद्यपि, प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट भने नेगेटिभ रहेको छ ।
कोरोनाका कारण अब पार्टीको नियमित बैठक समेत नहुने संभावना देखिएको स्रोतले बताएको छ ।
प्रधानमन्त्रीका सल्लाहकार र स्वकीय सचिवसहित ४ जना, नेपाली सेनाका २८ जना, सशस्त्र प्रहरीका १८ जना, जनपद प्रहरीका २१ जना र राष्ट्रिय अनुसन्धानका ३ जनामा गरी कूल ७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । निवासमा कार्यरत अझै ५४ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ