शनिबार ८ जना कोरोना संक्रमितको मृत्यु

शनिबार ८ जना कोरोना संक्रमितको मृत्यु

  • शनिबार, अशोज १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 18.5K
    SHARES

काठमाडौँ , १७ असोज ।
शनिबार ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
आज २ महिला र ६ पुरुष गरी ८ जना कोरोना संक्रमितको निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुासर आज काठमाडौँ उपत्यकामा काठमाडौँका ८३ र ६८ वर्षीया दुइ पुरुष , ललितपुरका ६७ वर्षीया पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको हो ।

यस्तै काठमाडौँ उपत्यका बाहिर सुनसरीकी २८ वर्षीया महिला , सिन्धुपाल्चोकका ४१ , दोलखाका ६५ , कैलालीका ७९ वर्षीया पुरुष र चितवनकी ७६ वर्षीया महिलाको कोरोना संक्रमणबाट ज्यान गएको हो ।

यस्तै मन्त्रालयले जनाए अनुसार हाल सम्म देशभरबाट ५ सय २८ जना कोरोना संक्रमितको ज्यान गइसकेको छ ।

यस्तै नेपालमा कुल कोरोना संक्रमित मध्य ०.६२ प्रतिशतले ज्यान गुमाएको मन्त्रालयले पुष्टि गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ