नेकपाले ५ नं प्रदेशको राजधानी दाङमा राख्ने प्रस्तावको पक्षमा मतदान गर्ने

नेकपाले ५ नं प्रदेशको राजधानी दाङमा राख्ने प्रस्तावको पक्षमा मतदान गर्ने

  • शनिबार, अशोज १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.4K
    SHARES

असोज १७ बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ५ को संसदीय दलले प्रदेशसभामा पेस भएको प्रदेशको स्थायी राजधानी र नामाकरणसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

आज बसेको बैठकले शुक्रबार सरकारले पेश गरेको उक्त प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारले प्रदेश राजधानी दाडको देउखुरीमा बनाउने र नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेश सभामा लगेको थियो । उक्त बिषयमा आज बसेको बसेको संसदीय दलको बैठकले सरकारले ल्याएको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गर्दै प्रस्तावको पक्षमा उभिन ह्वीप लगाएको छ ।

आजको बैठकमा रुपन्देहीका केही सासदहरुले बुटवल नै ठिक भएकाले दाङमा तोक्नु गतल भएको बताए पनि अन्नतः पार्टी निर्णय मान्नुपर्ने अवस्था आएकोले उनीहरुको बिरोधको औचित्य समाप्त भएको छ । प्रदेश ५ मा नेकपाकै सरकार रहेको छ भने संसदमा पनि बहुमत नेकपाकै रहेको छ । प्रस्ताव पास गर्न दुई तिहाई बहुुमत आवश्यक हुन्छ । त्यसका लागि ८७ सांसदमध्ये ६१ सांसद नेकपा छन् । नेपाली काँग्रेसले भने उक्त प्रस्तावको बिरोध गर्दै आएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ