वेलका नगरपालिकाका मेयरसहित ६ जनामा कोरोना संक्रमण

वेलका नगरपालिकाका मेयरसहित ६ जनामा कोरोना संक्रमण

  • शनिबार, अशोज १७, २०७७
  • युगल श्रेष्ठ

  • 9.9K
    SHARES

रामपुर , १७ असोज । उदयपुरस्थीत वेलका नगरपालिकाका मेयरसहित ६ जनालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
नगरका मेयर दुर्गाकुमार थापा (स्वस्ति)सहित ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको मेयर स्रोतले जनाएको हो ।

मेयरकी भान्जी, उनको घरमा खाना पकाउने सहयोगी, चालक र बाँकी नगरका कर्मचारीमा संक्रमण देखिएको उनले बताए।  यसअघि मेयरको बुवालाई कोरोना संक्रमण देखिएपछि उनले आफूसहित नगरका कर्मचारीको कोरोना परीक्षण गराएका थिए।

आफूलाई कोरोनाको खासै लक्षण नदेखिएको पनि उनले बताए। ‘खासै केही समस्या छैन,’उनले भने,‘ टाउको मात्र हल्का दुखेको छ।’
अहिले उनी घरमै छन्। जिल्लामा रहेको आइसोलेसन सेन्टरमा जाने तयारी रहेको उनले बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ