असोज १७ काठमाण्डौं । सरकारले कोरोना बिरुद्धको भ्याक्सिन संसारमा काँही पनि तयार भईनसकेको र परीक्षण मात्र चलिरहेको भन्दै नेपालमा भ्याक्सिन सरकारले नै उपलव्ध गराउने बताएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भ्याक्सिन बनिसके पछि सरकार आफैले भ्याक्सिन ल्याउने भन्दै कुनै निजी कम्पनीले बाहिर सम्झौता गरेको भनेर आएको हल्लाको पछि नपर्न स्पष्ट पारे ।
यस अघि एक निजी फर्माक्युलीष्ट कम्पनी र रुसी कम्पनीबीच २ करोड ५० लाख डोज भ्याक्सिनका लागि सम्झौता भएको समाचारहरु प्रकाशित भएका थिए ।
सो कम्पनीले रुसद्धारा निर्मित कोरोना बिरुद्धको भ्याक्सिन स्पुतनिक ५ नेपालमा ल्याउने सहमति भएको भनिएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline