काठमाडौँ उपत्यकाका ५ सहित देशभर ११ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ उपत्यकाका ५ सहित देशभर ११ जना कोरोना संक्रमितको मृत्यु

  • शुक्रबार, अशोज १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौँ , १६ असोज ।
पछिल्लो २४ घण्टामा देशभरबाट ११ जना कोरोना संक्रमितले आफ्नो ज्यान गुमाएका छन् ।
शुक्रबार ४ महिला र ७ पुरुष गरी ११ जना कोरोना संक्रमितको निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जनाए अनुसार आज काठमाडौँ उपत्यकामा भक्तुरकी ५१ र ६१ वर्षीया दुइ महिला , ललितपुरका ३२ , ७० वर्षीया दुइ पुरुष र काठमाडौँकी ६७ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

यस्तै आज उपत्यकाबाहिर मोरंगका २७ वर्षीया पुरुष , मकवानपुरका ७८ वर्षीया पुरुष रुपन्देहीका ६० वर्षीया पुरुष , बाँकेका ५२ र ५९ वर्षीया दुइ पुरुष र सुर्खेतकी ७५ वर्षीया महिलाको कोरोना संक्रमणबाट ज्यान गएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयका अनुसार हाल सम्म ५ सय २० जना कोरोना संक्रमितले आफ्नो ज्यान गुमाएका छन् ।
यस्तै कुल संक्रमित मध्य ०.६५ प्रतिशतको निधन भइसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ