ओली-दाहालबीच बालुवाटारमा भेटवार्ता

ओली-दाहालबीच बालुवाटारमा भेटवार्ता

  • शुक्रबार, अशोज १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

काठमाडौँ , १६ असोज ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा आुलीबीच बालुवाटारमा भेटवार्ता भएको छ।

शुक्रबार बिहान करिब साढे ९ बजेदेखि अध्यक्षद्वय ओली र दाहालबीच भेटवार्ता भइरहेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।

भेटवार्तामा हिजो प्रधानमन्त्री ओलीको एकलौटी निष्कर्षको बारेमा छलफल भएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीले आफ्ना आर्थिक सल्लाहकार तथा पुर्व अर्थमन्त्री समेत रहेका युवराज खतिवडालाई अमेरिकाका लागि राजदूत नियुक्त गर्न बिहीबार मन्त्रिपरिषदबाट सिफारिस गरेका थिए।
यस्ते ओलीले हिजै राजीनामा दिएका मुख्यसचिव लोकदर्शन रेग्मीलाइ बेलायतकालागी राजदुत र रिक्त रहेको मुख्यसचिवको पदमा शंकरदास बैरागीलाइ नियुक्ती गर्ने निर्णय गरेका थिए ।

राजनीतिक नियुक्ति हुँदा पार्टीमा छलफल गर्ने स्थायी कमिटी बैठकको निष्कर्ष रहेको भन्दै केही सचिवालय सदस्यले मन्त्रिपरिषदको बिहीबारको निर्णयको विरोध गर्दै आगामी सचिवालय बैठकमा यसबारे कुरा उठाउने बताएका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ