असोज १५ काठमाडौं । नेपालमा दिन दिनै कोरोना संक्रमणको जोखिम बढीरहेको छ । आज हाल सम्मकै सबै भन्दा धेरै एकै दिन १९ सय ११ जना कोरोना संक्रमित थपिएका छन् । आज १२ हजार ४४४ गरिएको परीक्षणमा ती संक्रमित फेला परेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७९ हजार ७२८ पुगेको छ।
२४ घण्टामा ९६१ जना डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेको कुल संख्या ५७ हजार ३८९ पुगेको छ। यो कुल संक्रमितको ७१ दशमलव ९ प्रतिशत हो। काठमाडौं उपत्यकामा मात्र ९४३ जनामा संक्रमण पुष्टि भएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline