काठमाडौँ , १५ असोज ।
बिहीबार थप ११ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।
आज एक महिला र १० पुरुष गरी ११ जना कोरोना संक्रमितले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।
आज मृत्यु हुनेहरुमा काठमाडौँ उपत्यकामा काठमाडौँका ७८ , ६८ वर्षीया दुइ पुरुष , भक्तपुरका ६८ वर्षीया पुरुष र ललितपुरका ४८ वर्षीया पुरुष रहेका छन् ।
यस्तै काठमाडौँ उपत्यका बाहिर मोरंगका ५६ , ५० र २७ वर्षीया तीन पुरुष , बाँकेका ३४ वर्षीया महिला र रुपन्देहीका ८० , ५५ , ४२ वर्षीया तीन पुरुषको पनि कोरोना संक्रमणबाट ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आज ११ जना संक्रमितको निधन भएसंगै हाल सम्म ५ सय ९ जना कोरोना संक्रमितको ज्यान गइसकेको छ ।
यस्तै कुल कोरोना संक्रमित मध्य ०.६५ प्रतिशतको मृत्यु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline